बाँकेमा सुन र धातुका गहनासहित एक जना पक्राउ परेका छन् । खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँस्थित सुवेदी चोकबाट सुनजस्तो देखिने पेहेलो पदार्थले बनेको करिब ७ सय ८९ ग्राम ३ मिलिग्राम विभिन्न गहनासहित बझाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
शंकास्पद तरिकाले हिँडडुल गरिरहेका उनलाई प्रहरीचौकी राधापुरबाट खटिएको प्रहरीले जााच गर्ने क्रममा उक्त गहनासहित नायब निरीक्षक रविन्द्र बमको कमाण्डमा गएको टोलीले पक्राउ गरेको हो ।
कालो रङगको झोलाभित्र खानतलासी गर्दा सुनजस्तो देखिने पहेलो बनेको हार, मंगलसुुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरु पथ्थर र मालासहित विभिन्न प्रकारका सुनाका गहना ६२ लाख बराबरको गरगहना छन् ।
बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार वैशाख चार गते भारतको ब्याङ्लोरस्थित सुन पसलबाट चोरी गरेको भनि प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले भारतिय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान बढाइएको छ ।
प्रतिक्रिया