जीवनशैली

खलङ्गा बजारमा एक पुरुषको शव फेला



रुकुम पश्चिम – रुकुम पश्चिमकाे सदरमुकाम मुसिकोट नगरपालिका-१ खलङ्गामा एक पुरुषको शव फेला परेको छ । आठबिसकोट नगरपालिका-१ चौर गाउँका ४२ वर्षका प्रजापति शर्माको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोतीका अनुसार मङ्गलवार बिहान कृषि विकास कार्यालय नजिकको सडक छेउमा एक पुरुषको शव फेला परेको हाे ।

मृतक शर्मा मुसिकोट नगरपालिका-१ मा डेरा गरी बस्दै आएको बताइएको छ । शव देखेपछि स्थानीयवासीले बिहान प्रहरीलाई खबर गरेका थिए । परिवारका सदस्यहरुले मृतक शर्माले अत्यधिक मदिरा सेवन गर्ने गरेको बताए तापनि ज्यान जानुकाे कारण पत्ता लागेकाे छैन । 

घटनाको थप अनुसन्धानको लागि प्रहरी निरीक्षक राजीव श्रेष्ठको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । शर्माको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएकाे डीएसपी सोतीले बताउनुभयो ।

प्रकाशित : २० बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६