अर्थ-वाणिज्य

पटनापछि परेको कारण उपाध्यक्ष थारुले प्रष्टाए




कपिलवस्तु २० बैशाख। बाणगंगामा सबैभन्दा बिकासमा पछी परेको वडा न. १० पटनामा एमालेको घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ । सोही क्रममा आज पटनाको मिलनचोकमा कोणसभा गरिएको छ । कोणसभामा बोल्दै एमाले कपिलबस्तुका उपाध्यक्ष बिश्राम प्रसाद थारुले एमालेले नजित्दा सो वडामा बिकास निर्माणका कामहरु अधुरै रहेको बताउनुभयो।
सोही सभामा बोल्दै वडा न. १०का एमालेबाट अध्यक्ष पदका उम्वेदवार यम प्रसाद पोख्रेलले विकासका दृष्टिले पछाडी परेको वडालाई भौतिकसंगै सामाजिक रुपान्तरणमा अगाडि लैजाने दृढताका साथ उम्मेद्वारी दिएको बताउनुभयो ।मतदाताहरुसंग भेटघाट तथा घरदैलो गर्दै घरघर पुग्नुभएका पोख्रलले वडा नं. १० को पटना क्षेत्रका स्थानीय कृषिमा आश्रित रहेकाले कृषकहरुका लागि कृषि सामग्री, मल, औजार लगायतका सामग्री प्रदान गरि कृषिमा आत्मनिर्भर वडा बनाउनेमा जोड दिनुभयो । त्यस्तै पोख्रेलले वडामा सुकुम्वासी समस्या समाधान, उच्च शिक्षाका लागि विशेष पहल, स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउनका लागि आफुले विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित : २० बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६