कृषि

जगदिशपुरलाई फेवाताल भन्दा उत्कृष्ट बनाउछु : अध्यक्ष गुरुङ




पार्वती पाण्डे
कपिलवस्तु २१ वैशाख ।जगदिशपुर ताललाई पोखराको फेवाताल भन्दा उत्कृष्ट तालको रुपमा विकास गर्ने कपिलवस्तु नगरपालिका वडा नं ९ का अध्यक्षका उम्मेदवार दिपक गुरुङले प्रतिवद्धता जनाउनु भएको छ । स्थानीयको जिवनमा परिवर्तन ल्याउने गरि काम गर्ने उहाँले बताउनु भएको छ । वडाभित्रको सार्वजनिक जग्गा जमिनको उपयोग गरी सार्वजनिक पार्क , वगैचा , खेलकुद स्थल , पिकनिक स्थलका रुपमा संरचनाहरु निर्माण गर्ने कपिलवस्तु नगरपालिका वडा नं ९ का अध्यक्षका उम्मेदवार गुरुङले बताउनु भएको छ ।
लम्वुसागर क्षेत्रको पुरातात्कि जमिन लुम्विनी विकास कोषले अधिग्रहण गर्ने प्रकृया शुरु गरेकाले आसपासमा रहेका भूमिहिन सुकुम्वासीको ब्यवस्थापना विना उक्त कार्य अघि नवढाउने सुनिश्चितता गर्ने ,जगदिशपुर ताललाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा विकसित तुल्याउदै सिमसार क्षेत्र समेतको जगेर्ना गर्ने । कृषिमाथि किसानको निर्वाह मुखी निर्भरता रहेकोले यसलाई ब्यावसायीकरण र एक गाउँ एक पकेट क्षेत्रका रुपमा विकास गरी कृषि उत्पादकत्व बढाउने उमेदवार गुरुङले बताउनु भएको छ । .एकघर एक धाराको अभियान पुरा गर्ने,सबैलाई शुद्ध पिउने पानी उपलब्ध गराउने जनाइएको छ। जगदिशपुर तालको पानीवाट आसपासको क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्ने काम विशेष रुपमा गर्ने र नदी कटानलाई नियन्त्रण गर्ने , जरलैयाको दाहसस्कार घाटलाई ब्यवस्थित तुल्याउने बताइएको छ ।
जगदिशपुरमा वनेका सामुदायिक भवन र टावरको पूर्णता र संचालनको पहल गरिने भएको छ । हरनामपुर गाउँ र नहरको वाटो एवम कुश्मा बनकसीयाको वाटो कालोपत्रे गर्ने ,वडाभित्रका सबै गाउ सम्मको वँकी वाटो कालोपत्रे गरिने छ ।जहदी—जगदिशपुर—लम्वुसागर —निगालीकोट —जहदी रिङरोडमा पर्यटकीय यातायात संचालन गर्ने र .जगदिशपुरमा संचालीत थारु होमस्टेलाई ब्यवस्थित पार्न आवश्यक आर्थिक तथा भौतिक सहयोग वडाका तर्फवाट उपलब्ध गराउने उमेदवार गुरुङले प्रतिवद्धता जनाउनु भएको छ । २०१३ साल चैत्रमा वुवा हर्षवहादुर गुरुङ , आमा भुवनेश्वरी गुरुङको जेठो सन्तानका रुपमा पोखरामा जन्मिनु भएका गुरुङ २०४० सालबाट कर्मभुमीको रुपमा कपिलवस्तुको जरलैयामा बस्दै आउनु भएको हो ।
सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आउनु भएका गुरुङ २०५४ सालको स्थानीय चुनावमा एमालेको उम्मेदवारको रुपमा निग्लिहवा गाविस अध्यक्ष जितेका पाका अनुभवी नेताको रुपमा चिनिनु हुन्छ । गुरुङलाई अध्यक्ष उम्मेदवार वनाएपछि निवर्तमान वडा अध्यक्ष शिव वाग्ले समेत सिंगो टिमलाई विजयी वनाउन घरदैलोमा सहभागि हुनु भएको छ । एमालेले पहिले देखिनै जित्दै आएको वडामा यसपाली ठूलो अन्तरले जित्ने अपेक्षा स्थानीय नागरिकको छ । विकासलाई मोडलको रुपमा हेर्न चाहने जनप्रेमी महानुभावले सुर्यमा मतदान गरि आफुलाई भारी मतले विजय गराउन गुरुङले सबैमा अपिल गर्नु भएको छ । वडामा सदस्य उमेदवारका रुपमा क्रमशः ठाकुर प्रसाद पाण्डे , बबिता सुनार , कमला पौडेल, पबित्रा जिशी रहनु भएको छ ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६