राजनीति

जनताको सेवाका लागि दिनरात खटिने छु ः अध्यक्ष उम्मेद्वार तिवारी



कपिलवस्तु, २२ वैशाख ।नेकपा एमालेबाट यशोधरा गाउपालिकाको अध्यक्षमा उमेदवारी दिनुभएका शिव दयाल तिवारीले आफुले जिते गाउपालिका शिक्षा स्वास्थ्य र कृषिमा जिल्लामै अगाडी पुर्याउने बताउनुभएको छ ।
विगत पाच वर्षमा पनि शिक्षा स्वास्थ्य र कृषिमा यशोधरा गाउपालिकामा खासै विकास नभएकाले एमालेको सरकार आए जनताले विकासको महसुस गर्ने बताउनुभयो । एमालेले जिते गाउपालिकालाई खरको छाना मुक्त गाउपालिका बनाउने, खानेपानीको उचित व्यवस्थाका लागि ओभरहेड ट्याङ्ग्कि निर्माण गर्ने,कृषिमा उचित अनुदान दिई सिचाईका लागि बोरिङ्गको व्यवस्था गरिदिने, उच्च शिक्षा अध्यान गर्ने विध्यार्थिलाई गाउपालिकाबाटै सहयोग गर्ने लगायतका काम गर्ने तिवारीले बताउनुभयो। तिवारीले आफुले जिते जनताको सेवाका लागि आफु दिनरात खटिने र जनताको मनोभावनालाई ख्याल राखी काम गर्ने प्रतिवदता गर्नुभयो ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६