राजनीति

समृद्ध वडा बनाउन योजनाबद्ध रूपमा लाग्ने छुः वडाध्यक्षका उम्मेद्वार थापा



कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ५ का वडाध्यक्ष पदका उम्मेदवार रोम बहादुर थापाले कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार थापाले वडामा धेरै जनता कृषिमा आश्रित भएकाले कृषिमा आधुनिकिकरण गरि व्यवसायिक कृषितर्फ जोड दिने बताउनुभएको हो । दुई दशक बढीदेखि पार्टीको संगठित सदस्य भई विद्यार्थी राजनीति मार्फत राजनीति सुरु गर्नुभएका थापा पार्टीका हरेक कार्यक्रममा पुग्ने र पार्टीका जिम्मेवारी कुशलतापुर्वक पुरा गर्दै आउनुभएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा वडावासीका आवश्यकता तथा मागलाई सम्बोधन गर्न ब्यस्त हुनुभएका थापाले यस अघिका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुले नगरेका र अधुरा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडामा अझै पनि गुणस्तरीय सडक बन्न नसकेकाले त्यस तर्फ ध्यान जाने, गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि अहोरात्र खट्ने थापाले बताउनुभएको छ । संयौ कार्यकर्ताको उपस्थितीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम भईरहेकाले थप हौसला मिलेको बताउदै वडावासीको सेवा गने अवसर प्रदान गर्न आग्रह गर्नुभएको छ ।वडाका गरिव, विपन्न, अपांगता भएका परिवार, ज्येष्ठ नागरिक, महिला, दलित हरेक समुदायलाई समावेश गरि वडाका हरेक क्रियाकलाप सञ्चालन गर्ने उहाँले बताउनुभयो । वडाध्यक्ष पदको उम्मेदवारको रुपमा एक युवालाई पाउँदा मतदाताहरु विकासको आशा गर्दै खुसी भएका छन् । यतिवेला थापा वडाध्यक्षको बन्ने चर्चा रहनुभएको छ । थापा युवावर्गहरुको रोजाई लोकिप्रय व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६