राजनीति

मेयरमा जितेपछि बजारको बर्गिकरण र नयाँ वजारको क्षेत्र निर्धारण : अर्याल



कपिलवस्तु, २२ वैशाख।नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले वडा नं. ११ लाई धान र गहुँ बालिको श्रोत केन्द्रको रुपमा विकास गर्ने बताउनु भयो । मेयरका प्रत्यासी अयालले कृषकलाई विशेष सहुलियत दिदै धान र गहुँको श्रोत केन्द्रको रुपमा विकास गर्ने दावी गनुए भयो । मेयरका प्रत्यासी अर्यालले नगरलाई तरकारी खेती, कुखुराको मासु, अण्डा, माछा, मह, र पशुपालनमा आत्मनिर्भनर गराउन नगरले विशेष प्याकेज ल्याउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले नगर भित्र रहेका बजारको वर्गिकरण गरी नयाँ बजार स्थापनाका लागि मापदण्ड लागु गर्ने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले वडामा बसोबास गर्दै आएका सुकुम्बासीहरुका समस्यालाई यथाशिर्घ समाधान गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । अर्यालले थारु तथा आदिवासी, जनजाति र लोपोन्मुख समुदायको संस्कृति संरक्षणका लागि संग्राहलय स्थापना गर्ने बताउनु भयो । अर्यालले वडाका अधुरा भौतिक पूर्वाधारका कार्यलाई तिव्रता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरको वडा नं. ११ का बस्तीहरुको घरदैलौ अभियानका क्रममा मतदातासंगको जिज्ञासा मेटाउदै यस्तो धारणा राख्नु भएको हो ।

त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले सहकारीसंग समन्वय गरी हरेक वडाको केन्द्रमा कोशेली घरको अवधारणा संचालन गर्ने बताउनु भयो । उपमेयरकी प्रत्यासी थारुले सामुदायिक बन र साझेदारीमा अलपत्र परेको वैज्ञानिक ब्यवस्थापन र दिगो बन ब्यवस्थापनको पक्षमा काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयोघरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं ११ का अध्यक्षका प्रत्यासी चेतनारायण ढकालले वडा भित्रका पुराना वस्तीका सडकहरु स्तर उन्नती गर्दै कालो पत्रे गर्ने कार्यलाई आफुले प्राथमिकतामा राख्ने बताउनु भयो ।
अध्यक्षका प्रत्यासी ढकालले आफ्नो पुरा जीवन सामाजिक क्षेत्रमा ब्यतित गरेको बताउदै वडाबासीको सेवामा आफु समरपित हुने इच्छा रहेको धारणा राख्नु भयो । संंयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले केन्द्रिय कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारी, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, युवा नेता बिनोद भट्टराई, वडा न ११ का वडा सदस्यका उम्मेद्वार यम कुमारी गाहा, शावित्रा परियार, बाबुराम शर्मा, ऋषिराज थारु लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक,मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. ११ को निर्वाचन परिचान कमिटीका संयोजक मनोहर योगीले बताउनु भयो ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६