कपिलवस्तु, २२ वैशाख ।
बुद्धभूमि नगरपालिका नेकपा एमाले मेयर पदका उम्मेदवार पिताम्वर खनाल प्रति आकर्षण बढ्न लागेको छ । मधेसको उर्वर भुमि मान्दै आएको बुद्धभूमि नगरपालिका वडा नम्बर ६ महुवामा एमालेका उम्मेदवारलाई भव्य स्वागत गरिएको छ । बिहिवार एमाले मेयरका उम्मेदवार पिताम्वर खनाल, उपमेयरमा उम्मेदवार मन्जु थारुलाई स्थानीय जनताले जिताएर छाड्ने प्रतिवद्धता गरेका छन् ।
मेयर उपमेयर सहितको घरदैलोमा हजारौंको संख्यामा आएका जनताले सर्मथन गर्दै वडा परिक्रममा गराएको थिए । मेयर खनालले वडामा रहेको खानेपानीको समस्या समाधान गर्ने , कृषिमा सिचाई, विउ र मलखादको समस्या समाधान गर्ने , पहिलो वर्षमा खरको छाना मुक्त गर्न जस्तापाता वितरण गर्ने र वडालाई महाराजगन्ज डुमरा सडकमा जोड्ना पुल निर्माण गर्ने प्रतिवद्धता गर्नु भएको थियो ।
घरदैलो कार्यक्रममा उपमेयरका उम्मेदवार मन्जु थारुले पुरानो मेयर कै कारण वडामा विकास कम भएको बताउनु भयो । नगरपालिकाले भैसीँ पालक कृषकहरुलाई लाभान्वित हुने स्मार्ट गाउँ कार्यक्रममामा बजेट विनियोजन गर्न समेत आनाकानी गर्दा कृषकहरु समस्यामा परेको बताउनु भयो ।
मधेसमा एमालेको क्रेज भएको हुँदा सयौको संख्यामा ट्याक्टर, मोटर साइकल, जिप कार अटो रिक्सा सहितको र्याली भएको वडा अध्यक्षका उम्मेदवार नन्दलाल यादवले बताउनु भयो । वडा नम्वर ६ मा दोव्वर मतले विजयी हुने समेत यादवले बताए ।
२२ बैशाख २०७९, बिहिबार
प्रतिक्रिया