प्रदेश

राष्ट्रको आवश्यकता, जनताको आवश्यकता हो गठबन्धन: प्रचण्ड



चितवन, २२ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा कांग्रेस–माओवादी गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताएका छन् । तर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०,२० वर्ष गठबन्धनलाई कायम राख्ने उनको प्रतिवद्धता छ ।

बिहीबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले २०७४ मा गठबन्धन तोड्नुको कारण सुनाए । मधेसका साथै चितवनमा पनि भोट ट्रान्सफर नभएकाले कांग्रेस सभापति शेरबहादुर देउवालाई भनेर गठबन्धन गरेको उनले बताए ।

कांग्रेस नेता टेकप्रसाद गुरुङको नाम लिएर उनले भने, ‘तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ । ’

‘यो राष्ट्रको आवश्यकता हो, जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यक हो भनेर चितवनबासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो म उत्साहित हुनेछ र यो गठबन्धनलाई १०,१५,२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ’ प्रचण्डले भने ।साभार

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६