राजनीति

गठबन्धनको भविष्य भरतपुरको चुनावी नतिजाले निर्धारण गर्न सक्छ:दाहाल



काठमाडौँ — नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताएका छन् । भरतपुरमा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रको आवश्यकतालाई ध्यान दिएर पाँच दलीय गठबन्धन बनाएको भनाइ दोहोर्‍याए ।

अध्यक्ष दाहालले गठबन्धनको भविष्य भरतपुरको चुनावी नतिजाले निर्धारण गर्न सक्ने बताएका छन् । उनले भने, ‘यो गठबन्धनलाई १०/१५ वर्षसम्म लैजान सकिन्छ । चितवनवासी जनताको हातमा फैसला गर्ने बेला आएको छ । रेनु दाहालसहित टिमलाई विजयी गराउनुभयो भने म निकै उत्साहित हुनेछ ।’

उनले गठबन्धनको नेता कार्यकर्ताहरुको यो चुनाव अग्नीपरीक्षा रहेको बताए । ‘म नेता कार्यकर्तालाई पनि भन्न चाहन्छु, दीगोरुपमा गठबन्धन बनाउन दिनुहुन्छ कि प्रचण्डलाई टेन्सन दिन चाहनुहुन्छ तपाईंहरुको हातमा छ,’ अध्यक्ष दाहालले भने ।दाहालले भरतपुरमा कुशासनको कुनै गन्ध आउन नदिइकन धेरै कार्यहरुमा रेकर्ड भएको उनले बताए । ‘रेनुको म बुवाको नेताले गर्व गर्ने कुरा त छँदैछ । पार्टीको र परिवर्तनको नेताको हिसाबले पनि भरतपुरमा राम्रा काम भएको छ । चितवनवासीले गर्व गर्नुभएको छ । मलाई विश्वास छ, आजको दिनदेखि चितवनमा नयाँ लहर सुरु हुन्छ ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६