समाचार

प्युठानमा गठबन्धन दल र एमालेका कार्यकर्ताबीच झडप, दुवै पक्षका आठ जना कार्यकर्ता घाइते



प्युठान ।
प्युठानको सरुमारानी गाउँपालिका वडा नं. ६ को बुढिचौरमा गठबन्धन दल र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका आठ जना कार्यकर्ता घाइते भएका छन् ।

सो घटनामा नेकपा एमालेका मन बहादुर पुन द्रोण बहादुर विक, चिर बहादुर कामी, उम बहादुर विक घाइते भएका हुन् । मनबहादुर पुनको टाउकोमा चोट लागेको र ७ वटा टाँका लगाइएको एमालेको वडा अध्यक्षका उम्मेदवार तीलबहादुर बुढाले बताए ।

गठबन्धनका हिरा बहादुर पुन, तिलबहादुर कामी, तिल बहादुर बाँठा, लालसिंह रोका गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत प्युठान अस्पताल बिजुवारमा लगिएको छ।

बुधबार बुढीचौरमा गठबन्धनले मञ्च कार्यक्रम र नेकपा एमालेले घरदैलो कार्यक्रम गरेका थिए । झडप हुनुमा दुवै पक्षले एकअर्कोलाई आरोप लगाएका छन् ।

बाहिरबाट मोटरसाइकलमा आएका गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको वडाअध्यक्षका उम्मेदवार बुढाले बताए ।

घटनास्थलमा सुरक्षाकर्मी पुगेपछि अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६