अर्थ-वाणिज्य

एमालेको चुनावी सभामा ओलीले संबोधन गर्ने




कपिलवस्तु २२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी बैसाख २५ गते सोमबार बुटवलमा चुनावी सभा गर्ने भएको छ । चुनावी सभालाई सम्वोेधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सीले जानकारी दिए ।रुपन्देही जिल्ला स्तरीय सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुस सहित सहभागी हुनेछन् । एमालेले यसअघि आयोजना गरेका आमसभाहरुमा लाखौं जनता सहभागी हुने गरेकोमा यसपालिको चुनावी सभालाई पनि निकै उत्सुकतापूर्वक हेरिएको छ । देवीनगर स्थित खुला मैदानमा आयोजना हुने आमसभामा रुपन्देही जिल्लाका सबै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको एमाले केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए ।
एमालेले चुनावी सभाको तयारी शुरु गरिसकेको छ । सबै पालिकाहरुले टोलटोलबाट जनसहभगिताका लागि काम शुरु गरिसकेको बताएका छन् । चुवानी सभालाई अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु प्रसाद पौडेल लगायतका नेताहरुले सम्बोधन गर्ने एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए । चुनाबी सभालाई ऐतिहासिक बनाउन विभिन्न समितिहरु गठन भएका छन् । बुटवलका टोलटोलबाट बाजागाजा र झांकी सहित जनताहरु सहभागी हुने बताइएको छ ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६