अर्थ-वाणिज्य

बाणगंगाले यसपाली महिला मेयर रोज्ने अवसर पाएको सीताको दावि




कपिलवस्तु २३ बैशाख । राप्रपाको बाणगंगामा मेयरको उम्मेदवारी दिनु भएको सीता कुमारी चौधरीले सबै पुरुष मेयरका उम्मेदवारलाई टाटा भन्न र आफूलाईमात्र बिकल्प बनाउन मतदातालाई आग्रह गर्नु भएकोछ । आसन्न स्थानीय तहको निर्वाचन लक्षित चुनावी कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीब्रता दिएको छ । बाणगंगा नगरपालिकाको नगरप्रमुखमा महिलालाई अघि सारेको राप्रपाले मतदाताको उत्साहले आफुहरुलाई थप उर्जा मिलेको बताएका छन् ।सिता कुमारी थारुलाई मेयर र रामु शर्मालाई उपमेयरमा अघि सारेको राप्रपाले आज बाणगंगा २ पिपरामा आफ्नो चुनावी कार्यक्रम सम्पन्न गरेको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले जानकारी दिनुभयो ।

कोण सभा परिणत भएको उक्त कार्यक्रममा मेयरकी प्रत्यासी थारु, उपमेयरका प्रत्यासी शर्मा र वडा नं.२ का वडाध्यक्षका प्रत्यासी हरि प्रसाद घिमिरेले सम्बोधन गर्नुभएको थियो ।बाणगंगामा राप्रपाको राम्रो प्रभाव रहेको दाबी गर्दै उम्मेदवारहरुले जित हासिल गर्ने समेत जिकीर गरेका छन् । केन्द्रिय सदस्य रायमाझिले राप्रपाले हार्छ, राप्रपा सानो पार्टी हो भन्ने मानसिकता त्याग गर्न आग्रह गर्नुभएको छ । उहाँले परिवर्तनको लागि राप्रपालाई जिताउँछु, मेरो भोटले राप्रपाले जित्छ भन्ने मानसिकता राख्न अपिल समेत गर्नुभएको छ ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६