राजनीति

दैलेखमा नमुना मतदान



दैलेख – वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय दैलेखले नमुना मतदान गराएको छ । बदर मत रोक्न नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले बताउनुभयो ।

मतदान केन्द्र तोकिएको त्रिवेणी सङ्गम मावि चुप्राको प्राङ्गणमा नमुना मतदानको व्यवस्था मिलाइएको थियो । इच्छुक स्थानीयवासीलाई पालैपालो महिला र पुरुषको छुट्टाछुट्टै घेरामा लामबद्ध भएको नमूना मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तैनाथ थिए ।

नागरिकले आफ्नो मतको सदुपयोग गर्न जानुन् भनेर नमुना मतदान गराइएको निर्वाचन अधिकारी काउचाले बताउनुभयो । नमुना मतदानमा ४८ जना सहभागी भएकामा चार वटा मतपत्र बदर भएकाे उहाँले जानकारी दिनुभयाे ।

मतदातालाई मतदानअघि कस्ताे अवस्थामा मत बदर हुन्छ भनेर पनि जानकारी गराइएकाे थियाे । मतपत्र लिइसकेपछि तल–माथि, वर–पर फरक फरक चिह्नमा छाप लगाउन खोज्दा अलमल परेको ५९ वर्षीया खगिसरा थापाले गुनासाे गर्नुभया ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६