समाचार

अमेरिकाले नेपाललाई करिब ८० अर्ब रुपैयाँ अनुदान सहायता दिने



नेपाल सरकार र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआईडी बीच झन्डै ८० अर्ब रुपैयाँको अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा अर्थ मन्त्रालयका सह–सचिव तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र यूएसएआईडीका नेपाल मिसन निर्देशक सेपिदेह किवंसदले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार यूएसएआईडीले पाँच वर्षमा ६ सय ५९ मिलियन डलर अर्थात् झन्डै ७९ अर्ब ७१ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराउनेछ । नेपाललाई मध्यम आय भएको देश बनाउनका लागि दिगो विकासका लक्ष्य पूरा गर्न, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनका असर कम गर्न रकम खर्च हुनेछ । सहायता सम्झौताको रकम अर्थ मन्त्रालयको रातो किताब अन्तर्गत नै खर्च हुनेछ ।

कार्यक्रममा अर्थ मन्त्रालयका सह–सचिव अर्यालले नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष भइसकेको र यो अवधिमा अमेरिकाले नेपाल र नेपालीका लागि गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६