राजनीति

बाणगंगा रिङ्ग रोड पुरा गरी नगर यातायात सेवा संचालन गर्र्ने : मेयरका प्रत्यासी अर्याल



कपिलवस्तु, वैशाख २३
नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले बाणगंगा रिङ्ग रोडको अधुरो कामलाई पहिलो वर्षमै पुरा गरी नगर यातायात सेवा संचालन गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । अर्यालले बाणगंगा, कोईली लगायतका नदिको कटान नियन्त्रण गर्न टतबन्ध निर्माण गर्ने, भूमि बैंक स्थापना गर्ने दावी गर्नु भयो । अर्यालले लक्ष्मणघाट शवदाह स्थललाई गुरुयोजना अनूरुप कार्यान्यनका लागि प्रदेश र संघ सरकारसंग समन्वय गरी कामलाई गति दिने दावी गर्नु भयो ।
मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरको वडा नं. ७ को धैरेनीडाडा, बाणिगाउँ, बनगाई लगायतका बस्तीमा आयोजित उम्मेद्वार परिचयात्मक कार्यक्रमको क्रममा स्थानियबासीका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । अर्यालले वडाका अधुरा भौतिक पूर्वाधारका कार्यलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।


त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले एक वार्ड एक सामुदायिक भवन सहित, शिसु स्याहार केन्द्र स्थापना गर्ने बताउनु भयो । उपमेयरकी प्रत्यासी थारुले सुकुम्बासी समस्या समाधानका लागि पार्टीले निरन्तर कार्य गर्दै आएको दावी गर्नु भयो । थारुले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका विषयमा आफुहरुले निरन्तर काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
नेकपा (एमाले) बाणगंगा नगरपालिका वडा नं. ७ का वडा अध्यक्षका प्रत्यासी विष्णु गिरीले वडा भित्र पहिचान गरिएका ३५ जना भूमिहिन दलित, ३ सय ६५ जना भूमिहिन सुकुमवासी र ६ सय ३५ जना अब्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पूर्जा दिलाउन वडाले आवश्यक पहल गर्ने प्रतिवद्धथा ब्यक्त गर्नु भयो ।
घरदैलो अभियानमा नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य, कृषि तथा पशुपक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपाने, नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले एमालेको पक्षमा देशब्यापी जनलहर आएको दावी गर्नु भयो । मेयर तथा उपमेयर सहितको घरदैलो अभियानमा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य बिमला घिमिरे, एमाले नेताहरु बसन्तराज खनाल, बिमल शारु मगर, नेत्र प्रसाद पोख्रेल, टोेप बहादुर थापा, वडा अध्यक्ष प्रताप कुमार गिरी, कुशल दमासे, मान बहादुर कार्की, कृष्ण खनाल, विष्णु आचार्य, डिल बहादुर खाती, वडा सदस्यका उम्मेद्वार , सावित्रा थारु, पार्वती सुनार, मुम बहादुर पाण्डे, हरिशंकर पौडेल जिल्ला तथा स्थानियत तहका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, उम्मेद्वार संगै संयौको संख्यामा उत्साहजनक सहभागिता रहेको एमाले वडा नं. ७ को निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६