अर्थ-वाणिज्य

देशको अर्थतन्त्रको मेरुदण्ड व्यवसायीले तिर्ने कर होः सांसद पन्थी



हरि आचार्य
कपिलवस्तु, बैशाख २३
लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले देशको समग्र विकासको मुख्य स्रोत उद्योगी व्यवसायीको कर रहेको बताउनुभएको छ । कपिलवस्तु हाट बजार व्यवसायी समितिको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देशको अर्थतन्त्रको मेरुदण्ड नै उद्योगी व्यवसायीले तिर्ने कर रहेको बताउनुभएको हो ।भवनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पन्थीले उद्योगी व्यवसायीहरु अब परम्परागत भन्दा आधुनिक शैलीले आफ्नो व्यवसाय सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । सांसद पन्थीले उद्योगी व्यवसायीको आर्थिक स्तर जति माथि उठाउन सकियो त्यति नै देशको विकासमा टुवा पुग्ने बताउदै व्यवासायीलाई अझै पर्याप्त मात्रामा राज्यले सहयोग गर्न नसकेको बताउनुभयो । उहाँले कपिलवस्तु हाट बजार व्यवसायी समितिको भवन निर्माण महत्वपुणर् रहेकाले व्यवसायीका हक हितका लागि गर्नुपर्ने पहल सदैव गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले व्यवसायीहरुको हक हितका लागि उद्योग वाणिज्य लागिरहेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहनुभएका घिमिरेले कपिलवस्तु हाट बजार व्यवसायी समितिमा आवद्ध सबै व्यवसायीहरु करको दायरामा संगठित रुपमा व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । व्यसायीहरुले तिरेको करबाट स्थानीय सरकारले हाटबजार सम्बन्धीका विकास निर्माणका कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।त्यस्तै कपिलवस्तु हाट बजार व्यवसायी समितिका संस्थापक अध्यक्ष मुक्तिराम कंडेल, सल्लाहकार यदुनाथ सुवेदी, लेखा संयोजक नेत्र घिमिरे लगयतले शुभकामना मन्तब्य राख्दै भवन निर्माण कार्य प्रशंसनीय रहेको बताउदै बर्तमान कार्य समितिलाई धन्यवाद दिएका थिए ।

त्यस्तै कपिलवस्तु हाट बजार व्यवसायी समितिका अध्यक्ष पवित्रा सोमै मगरले भवन निर्माणका लागि अहोरात्र खट्नुहुने निर्माण समिति, कार्यसमितिका पदाधिकारी तथा सदस्य, सहयोगी दाता लगायत समितिमा आवद्ध सम्पुणर् व्यवसायीलाई धन्यवाद व्यक्त गर्नुभयो । भवन निर्माण कार्यले सबै व्यवासायी संगठित हुनका लागि धेरै सहयोग हुने बताउदै भवन उद्घाटन कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो ।कपिलवस्तु उद्योग वाणिज्य संघका महासचिव मनोज पौडेल, कोषाध्यक्ष बिनोद कुमार पन्त, समाजसेवी शंकर क्षेत्री, नेपाल पत्रकार कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी लगायतको आतिथ्यता, बरिष्ठ उपाध्यक्ष गोबिन्द पोख्रेलको स्वागत तथा संस्थाका गसचिव यादव प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बाणगंगा १ वैरीया स्थित वाल माविको हाताभित्र निर्माण सम्पन्न भएको भवनको लागत करिव १३ लाख रहेको भवन निर्माण समितिले जनाएको छ ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६