जीवनशैली

गठबन्धन वर्षौँसम्म आवश्यक छ : देउवा



काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन वर्षौँसम्म आवश्यक रहेको जिकिर गर्नुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट आज शुक्रवार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘संविधानको अहिलेको व्यवस्थाअनुसार एकल पार्टीको बहुमत आउन गाह्रो छ । तसर्थ पनि देशका लागि गठबन्धन आवश्यक छ । युरोपका कतिपय देशमा पनि यस खालको संस्कृति छ ।’

देउवाले सबै मिलेर सत्ता गठबन्धनलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । विगतमा आफूले एक्लै चुनावमा जाने रहर गर्दा पराजित भएको बताउँदै उहाँले वाम गठबन्धन गरेर एमालेसँग एकता गर्दा माओवादीले दुःख पाएको सुनाउनुभयो । 

कांग्रेसको केही समयअघि सम्पन्न १४ औँ महाधिवेशनले पाँच दलीय गठबन्धनको आवश्यकता महसुस गरी सर्वसम्मतिले यससम्बन्धी प्रस्तावलाई पारित गरेको र केन्द्रीय समितिले पनि यसलाई अधिकार दिएको देउवाले जानकारी दिनुभयो । 

देशको सङ्घीय राजधानीसमेत रहेको काठमाण्डौ र अर्को महानगर भरतपुरको मेयरमा महिला उम्मेदवारलाई टिकट दिएर गठबन्धनले राम्रो काम गरेको बताउँदै उहाँले मतदातासमक्ष विजयी गराउन आह्वान गर्नुभयो । 

काठमाण्डौ महानगरको मेयरको उम्मेदवार सिर्जना सिंहका सन्दर्भमा उहाँले कसैको घरमा विवाह गरेर बुहारी बन्नु उहाँको दोष नभएको र त्यसैका आधारमा अवसरबाट वञ्चित गर्न नहुने उल्लेख गर्नुभयो । 

त्यसैगरी भरतपुर महानगरको मेयरको उम्मेदवार रेनु दाहालले राम्रो काम गरेको प्रशंसा गर्दै उहाँले कहाँ जन्म हुने भन्ने कुरा कसैको हातमा नहुने हुँदा त्यस आधारमा आरोपित गर्न नहुने स्पष्ट पार्नुभयो ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६