खोज–अनुसन्धान

छोरी हारेर देश संकटमा पर्ने देखेपछि पहिल्यै माओवादी छाडे : डा. भटराई




कपिलवस्तु २४ बैशाख । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एवम पूर्व सफल अर्थमन्त्री बिष्णु पौडेलले औषधी ब्यावसायी महासंघ कपिलवस्तुका अध्यक्ष एवम नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य डा. धर्म भटराईलाई कपिलवस्तुको वनगाईमा भएको चुनावी सभामा एमालेमा प्रबेश गराउदै अव देशमा कम्यूनिष्ट ब्यानरमा रहने भुरे टाकुरेहरु परास्त हुने दिन आएको वताउनु भएको छ । सो अवसरमा नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य डा. धर्मराज भट्टराईले २० बर्ष माओवादीमा रहेर काम गर्दा माओावदी सिद्धान्त र ब्यवहार दुबै हिसावले एमाले भन्दा राम्रो बन्न न। केपछि एमाले प्रबेशगरेको वताउनु भएको छ। उहाले छाडेको पाटीलाई गाली नगर्ने भन्दै आफूजस्ता कार्यकर्ता हजारौको संख्यामा एमालेमा गई सक्दा पनि आफू पछि परेकोमा पछुतो लागेको वताउनु भयो । एउटादलसंग लड्न ५ दल मिल्नु पर्छ भने देशमा कसले मजवुत संगठन वनाएको रहेछ छर्लङग भएको उहाको भनाईछ ।
वर्तमान समयको आवश्यकता एमाले पार्टी नै रहेको बताउदै छोटो समयमै एमाओवादीबाट ठूलो समूह एमालेमा आउने दावी गर्नु भयो । नव प्रवेशी भट्टराईले एमाले संस्थागत ढंगले संचालन हुदा जनविश्वास बढदो रहेको र देश ब्यापी रुपमा एमालेको पक्षमा जनलहर आएको दावी गर्नु भयो । भट्टराईले एमाओवादीमा आफुले २० वर्ष ब्यतित गरेको दावी गर्दै प्रचण्डको चितवनको चुनावी सभाको भाषण सुन्दा आफुलाई आत्मगलानी भएको तर्क गर्दै छोरी हार्दा देश संकटमा पर्ने भाषण गर्नु निकै लज्जाको विषय भएको दावी गर्नु भयो ।

प्रकाशित : २४ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६