राजनीति

गठबन्धन कसैको श्रीमती, छोरी र ज्वाइँलाई टिकट दिन बनाइएको हो : जगन्नाथ पौडेल



काठमाडौं : भरतपुर महानगरपालिकामा मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले गठबन्धन केको लागि बनाइएको भन्दै प्रश्न गरेका छन्। भरतपुरमा शनिबार आयोजित कोणसभामा बोल्दै उनले गठबन्धन मेलम्चीमा पानी किन नआएको भन्ने विषयमा हो वा सुरूङ मार्ग चाँडो बनाउने विषयमा हो भन्दै प्रश्न गरेका छन्।

‘उनीहरूको गठबन्धन मेलम्चीमा पानी किन चाँडो आएन भनेर होरु सुरूङ मार्ग चाँडो बनाउन होरु बनेपा बर्दिबासको बाटो चारै वर्षमा बनाऔं भन्नेबारे होरु आर्थिक दृष्टिकोणले देश डामाडोल छ त्यसको बारेमा होरु,’ उनले प्रश्ने गरे।

यस्ता विकास निर्माणका कामका लागि गठबन्धन नगरी नाता पर्नेहरूलाई पद दिनको लागि बनाइएको उनले आरोप लगाए।

‘होइन। हो के भने कसैको श्रीमतीलाई टिकट दिन, कसैको छोरीलाई, कसैको ज्वाइँलाई दिन हो,’ उनले भने, ‘बस्, आफ्नो पेट भर्नाका लागि हो। हाम्रो आलोचना त्यसमा हो। हाम्रो विरोध त्यसमा हो।’

भरतपुरमा सत्ता गठबन्धनले मेयरमा माओवादीकी रेनु दाहाललाई टिकट दिएपछि असन्तुष्ट हुँदै पौडेलले बागी उम्मेदवारी दिएका थिए।

उम्मेदवारी फिर्ता लिन भने पनि नलिएपछि कांग्रेसले उनलाई पार्टीबाट निष्कासन गरेको थियो। त्यसपछि उनी स्वतन्त्रबाट उठेका छन्। उनले यसपटक भुइँकटहरु चुनाव चिन्हबाट चुनाव लड्दैछन्।

प्रकाशित : २४ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६