राजनीति

आस्थाका आधारमा विभेद गरिने छैन : मेयरका प्रत्यासी अर्याल



कपिलवस्तु, वैशाख २४
नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले आज आफु कुनै एउटा राजनैतिक दलको उम्मेदवार भइरहेको चर्चा गर्दै भोली निर्वाचित हुदा राजनैतिक आस्थाका आधारमा कसैलाई विभेद नगरी सबैको साझा जनप्रतिनिधीका रुपमा , अभिभावक बनेर कार्य सम्पादन गर्ने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले चार नम्बर बजार क्षेत्रलाई आधुनिक शहरका रुपमा विकास गर्दै बाणगंगालाई प्रदेशकै नमुना नगरपालिकाको रुपमा विकास गर्ने प्रतिवद्धता ब्यक्र गर्नु भयो ।
मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरको वडा नं. ४ का बस्तीहरुको आयोजित उम्मेद्वार परिचयात्मक कार्यक्रमको क्रममा स्थानियबासीका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । अर्यालले वडामा देखिएका अधुरा भौतिक पूर्वाधार, कार्यलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले सबै जात जातिका संस्कृतिको संरक्षण, प्रवर्धन गर्ने कार्यमा जोड दिने बताउदै शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा योजनावद्ध कार्य सम्पादन गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
नेकपा (एमाले) बाणगंगा नगरपालिका वडा नं. ४ का वडा अध्यक्षका प्रत्यासी छवि रेश्मी मगरले औषध दूब्यसनी नियन्त्रण, छाडा चौपाया ब्यवस्थापन, खानेपानी ब्यवस्थापन, सडक कालो पत्रे, कल्भट निर्माणका कामलाई आफुले तिव्रता दिने दावी गर्नु भयो ।
घरदैलो अभियानमा नेकपा (एमाले) केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु पंथी, एमाले नेताहरु द्रोणराज सुवेदी, सर्वेन्द्रदेव खनाल, वडा सदस्यका उम्मेद्वार चिन्कु थारु, डोलेन्द्र शाही (राजु), चन्द्रावती थारु, पवित्रा नेपाली जिल्ला तथा स्थानियत तहका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, उम्मेद्वार संगै संयौको संख्यामा उत्साहजनक सहभागिता रहेको एमाले वडा नं. ४ को निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

प्रकाशित : २४ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६