राजनीति

बुद्धभूमि ८ (हरिहरपुर) एमालेमय बन्दै
सिँचाई देखी टिनको छाना लगाउने एमाले मेयर पिताम्बरको संकल्प



कपिलवस्तु
नेकपा एमाले मेयर पदका उम्मेदवार पिताम्बर खनालले बुद्धभूमि नगरपालिका वडा नम्बर ८ का समस्या तत्काल पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । बडा नम्बर ८ साविक हरीहरपुरमा जनता सँग मत माग्दै उहाँले वडामा धेरै समस्या देखेको बताउनु भयो ।
विपन्न समुदायको घर अझै सम्म पनि कच्ची रहेको हुँदा पहिलो वर्षमा खरको छानो मुक्त गर्ने बताउनु भयो । वडामा स्वच्छ खानेपानीको समस्या भएको जनाउँदै एक घर एक धारा कार्यक्रम लागु गर्ने बताउनु भयो । सडकको अवस्था अझै पनि कमजोर रहेकोले पिसीसी गर्ने र कालो पत्रे गर्ने बताउनु भयो । सूर्य चिन्हबाट बुद्धभूमि नगरपालिकाको मेयर पदमा निर्वाचन लड्नु भएको खनालले हेल्थपोष्टलाई वर्थिङ सेन्टरको रुपका विकास गर्ने बताउनु भयो ।
वडामा घरदैलो गर्ने क्रममा एमाले उपमेयरका उम्मेदवार मन्जु थारुले बुद्धभूमि वडा नम्बर ८ मा केही वर्ष अगाडी नापि भएको डि–बलकको जग्गाको लालपुर्जा नपाएको हुँदा एमालेले जिते पछि भुमिहिन , सुकुम्वासी र डि–बलकको लालपुर्जा वितरण गर्ने बताउनु भयो । भुमिहिन सुकुम्वासीको नेताको रुपमा काम गर्दै आउनु भएका मन्जु थारुले एमालेले मात्र बुद्धभूमिको विकास गर्ने बताउनु भयो ।वडा अध्यक्षको उम्मेदवार हुनु भएको सावित्री तिवारीले वडामा किशोरी तथा महिलाहरुलाई फ्रि मा सेनेटरी प्याडा वितरण गर्ने र मोवाईलको टावर स्थापनाको लागि पहल गर्ने बताउनु भयो । एमालेबाट निर्वाचित हुनु भएको साँसद विजेशकुमार गुप्ताले संसदीय विकास कोष मार्फत हरिहरपुर तालमा सिँचाईको व्यवस्थाको लागि ५० लाख बजेट विनियोजन गरे पनि तत्कालिन मेयर केशव कुमार श्रेष्ठ र वडा अध्यक्ष कपिलदेव तिवारीले योजना सञ्चालन नगरी रकम फ्रिज गरेको भन्दै आपत्ती प्रकट गरेका थिए ।

प्रकाशित : २४ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६