प्रदेश

कपिलवस्तुमा घरदैलो गर्दै भोट माग्न व्यस्त उम्मेदवारहरु



कपिलवस्तु : स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्राप्त गरेपछि कपिलवस्तुका १० वटै स्थानीय तहमा चुनावी माहोल ह्वात्तै बढेको हो । उम्मेदवारहरू आफ्ना घोषणापत्र र प्रचारप्रसार सामग्रीसहित कार्यकर्ताको हुल बाँधेर घरदैलोमा जुटेका छन् ।

१० वटा स्थानीय तह रहेको कपिलवस्तुमा आफ्ना मतदाता रिझाउन उम्मेदवारहरु घर तथा खेतबारीमा समेत पुग्ने गरेका छन् । कपिलवस्तुमा बाणगंगासहित कपिलवस्तु, बुद्धभूमि, शिवराज, कृष्णनगर, महाराजगंज गरि ६ नगरपालिका र विजयनगर, शुद्धोधन, यशोधरा र मायादेवी गरि ४ गाउँपालिका रहेका छन् । यी सबै नगरपालिका र गाउँपालिकामा जम्मा ९६ वटा वडाहरु छन् । निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार आसन्न निर्वाचनमा जिल्लाको १० पालिकामा ३ हजार ५ सय ५३ उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्लाका १० पालिकाका लागि २ सय ३५ मतदान स्थलमा ४ सय ६८ मतदान केन्द्र राखिने छन ।

सबै उम्मेदवारहरू बिहान सबेरैदेखि राति अबेरसम्म दलका झण्डा, उम्मेदवारहरूको फोटो र निर्वाचन चिन्ह बोकेर मतदाताको घरघरमा पसिरहेका छन् । यो पटक विभिन्न अनलाइन, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जाललाई पनि उम्मेदवारले प्रयोग गरिरहेका छन् ।

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६