राजनीति

शुद्धोदनका मतदाता भन्छन् ‘गाउँपालिकाअध्यक्षमा चौधरी नै योग्य’



कपिलवस्तु, २५ वैशाख
कपिलवस्तु जिल्लाको शुद्धोदनगाउँपालिकामानेकपा (एमाले)ले चुनावीअभियानलाईतिब्रतादिएको छ । अभियानको क्रममाशनिबार गाउँपालिकाको वडा नम्बर १ मा मतदाता भेटघाट कार्यक्रमउत्साहपूर्वक सम्पन्नभएको छ ।
नेकपाएमालेका तर्फबाट गाउँपालिकाअध्यक्षकाप्रत्यासीविनोद चौधरीसहितको टोलीघरदैलोमा पुग्दास्थानीयमतदातानिकै उत्साहित बनेका छन् । भेटघाटको क्रममा स्थानीयमतदाताले शुद्धोधनगाउँपालिकामानयाँ नेतृत्वको आवश्यकतामहशुस गरेकोबताएका छन् ।
शुद्धोदनगाउँपालिकालाई विकास र समृद्धि बाटोमा अघि बढाउन एमालेउम्मेद्वार विनोद चौधरी नै योग्य रहेको स्थानीयमतदाताले ठहर गरेका छन् । मतदाताले शुद्धोदनको आवश्यकताचौधरी नै रहेको बताउदैआफ्नो अमूल्य मत दिएर विजयीबनाउने आश्वासन समेतदिएका छन् ।
एमालेले नेतृत्व गरेका पालिकाहरुमाविकासको लहर आएको देखेर शुद्धोदनकाजनताले पनियसपालीएमालेकै उम्मेद्वारलाई विजयी गराउनचाहेकोे बताएका छन् ।
गाउँपालिकामाहालसम्मखासै परिवर्तन आउननसकेको र विकासनिर्मातमासमेत भेदभावपूर्ण व्यवहार हुने गरेकागुनासो गर्दै, अब यस्तोअवस्थाआउननदिन र सबै पक्षलाई समेटेर लैजानस्थानीयलेउम्मेद्वार चौधरीलाई सुझावदिएका छन् ।
मतदातकागुनासोलाई सम्वोधनगर्दै अध्यक्षकाप्रत्यासी चौधरीले भन्नुभयो, ‘म अध्यक्षहुनु भनेकोतपाईहरु नै अध्यक्षभएजस्तैहो । चुनावजिते पछितपाईहरुको समस्या समाधान गर्नु नै मेरोपहिलोप्राथमिकता रहनेछ ।’ चौधरीले आफुले जितेमा गाउँपालिको मुहार फेर्ने बताउनुभयो । उहाँले आफुले कसैलाई, कुनै पनिआधारमा भेदभाववा पक्षपातपूर्ण व्यवहार नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अध्यक्षकाप्रत्यासी चौधरीले एमाले नेतृत्वको सरकारले गरेका भौतिकपूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सिमा सुरक्षा, राष्ट्रियता स्वाधिनता जस्ता महत्वपूर्ण कामका कारण शुद्धोधनकाजनताले एमालेलाई रोज्ने दावी गर्नु भयो । अध्यक्षकाप्रत्यासी चौधरीले गाउँपालिकाकार्यालयसंग सबै सहायक सडक जोडदै कालोपत्रे गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । चौधरीले आफ्नो पार्टीले शुद्धोधनगाउँपालिकामाविजयीभएमा कृषिमाआधारित उद्योगलाई प्रोत्साहन गर्ने, युवाहरुलाई रोजगारीसंग जोडने, सडक संजालविस्तार गर्ने जस्ता कार्यहरुलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।


त्यस्तै गाउँपालिकाउपाध्यक्षकीप्रत्यासीजलिमुन्निसा मुसलमानले समुदायमामहिलाहरु माथिथुुप्रै विभेद रहेको चर्चा गर्दै विभेदका विरुद्ध आफुले नेतृत्वदायीभूमिकानिर्वाह गर्ने बताउनुभयो । उपाध्यक्षकीप्रत्यासीजलिमुन्निसा मुसलमानले समुदायकाविपन्नबालबालिका, हिंसा पिडित महिला र वृद्धका लागिएमालेले विशेष प्याकेज ल्याउने जिकिर गर्नुभयो ।
त्यसैगरी एमालेको तर्फबाट गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षकाप्रत्यासीअब्दुल मोजिबखाँलेआफुले जितेमा वडा भित्रशुद्ध खानेपानीव्यवस्था, गुणस्तरिय शिक्षा, भ्रष्टाचारमुक्त समाज, बालबालिका, वृद्ध ,अशक्त र अपाङ्ताभएकाव्यक्तिहरूलाई घरमा पुगेर सुरक्षाभत्तादिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६