राजनीति

किसानको समस्यालाई समाधान गर्न उमेदवारी दिइएको छु : मेयरका उमेदवार चौधरी



महाराजगन्ज,२५ वैशाख। नेकपा एमालेबाट महाराजगंज नगरपालिकाको मेयरमा उमेदवारी दिनुभएका रामदास चौधरीले आफुले जिते नगरपालिका भित्र रहेको सबै किसानहरुको समस्यालाई समाधान गर्ने प्रतिवदता गर्नुभएको छ। विगत पाच वर्षमा कांग्रेसले केहि नगरेको बताउदै चौधरीले आफुले जिते नगरपालिकामा मुख्य रुपमा रहेको किसानहरुको समस्याको समाधान गर्ने बताउनु भयो।एमालेले जिते नगरपालिकालाई खरको छाना मुक्त नगरपालिका बनाउने, खानेपानीको उचित व्यवस्थाका लागि ओभरहेड ट्याङ्ग्कि निर्माण गर्ने,कृषिमा उचित अनुदान दिई सिचाईका लागि बोरिङ्गको व्यवस्था गरिदिने, उच्च शिक्षा अध्यान गर्ने विध्यार्थिलाई नगरपालिकाबाटै सहयोग गर्ने लगायतका काम गर्ने चौधरीले बताउनुभयो। चौधरीले आफुले जिते जनताको सेवाका लागि आफु दिनरात खटिने र जनताको मनोभावनालाई ख्याल राखी काम गर्ने प्रतिवदता गर्नु भएको छ ।

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६