कपिलवस्तु २५ बैशाख । नेपाली कांग्रेस कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार हुमकान्त खनालले शिवराज नगरपालिकामा अस्पाताल र नगरको प्रशासकिय भवन निर्माण आफनो पहिलो प्रथमिक्ता रहेको बताउनु भएको छ । यस भन्दा पहिलेको स्थानिय तहको नेतृत्व गर्ने एमालेका निर्वाचित प्रतिनिधिले गर्न नसकेको काम आफु निर्वाचित भए पश्चात पहिलो काम अस्पाताल र भवन निर्माण गर्ने बताउनु भएको छ ।
शिवराज नगरपालिकाको आफ्नो प्रमुख प्रशासकीय भवन नहुदाँ महगोँ भाडा तिरेर बस्नु परेको छ । मेयर पदका उम्मेदवार खनालले भन्नुभयो जस्ले ५ बर्षको अवधीमा आफु बस्ने भवन बनाउन सकेन त्यस्तो पार्टी र व्यक्तीबाट नागरिकको आसा भरोसा हटेको छ । शिवराज नगरपालिकामा अब नेपाली कांग्रेसको जित सुनिश्चित भएको मेयर पदका उम्मेदवार खनालले बताउनु भयो । नेपाली कांगेसको रुख चिन्हमा मतदान गर्न खनालले आग्रह गर्नुभयो । शिवराजमा नेपाली कांगेसको जन लहर चलेको नेपाली कांग्रेस शिवराज चुनाव प्रचारप्रसार समिति संयोजक जमसेर अलीले जानकारी दिनुभयो ।
२६ बैशाख २०७९, सोमबार
प्रतिक्रिया