समाचार

चुनाव प्रचारको क्रममा सगुन भन्दै ‘विष’ दिइयो, सचेत रहनु : प्रहरी



काठमाण्डाै – चुनावको समयमा प्रसाद वा सगुन भन्दै शरीरलाई हानी पुर्‍याउने खानेकुरा खुवाउने गरेको पाइएको भन्दै सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज आइतवार सार्वजनिक सूचना निकालेर राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ताहरू प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा नचिनेका मानिसले सगुन वा प्रसाद भन्दै खुवाएका अखाद्य बस्तुले बेहोस हुने र चक्कर लाग्ने लगायतका घटना भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । यस्ता प्रकारका घटनाबाट सुरक्षित रहनका साथै कतै यस्तो घटना भएमा तत्काल प्रहरीलाई खबर गर्न सूचनामा भनिएको छ ।

आज सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ मा अध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू मिठाइ खाएपछि बिरामी परेका थिए ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६