कपिलवस्तु, २६ वैशाख ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ चौवाहामा विकासका लागी नेकपा एमालेका उम्मेद्धारहरुलाई जिताउन उम्मेद्धारहरुले जनताका बिचमा अपिल गर्दैस्थानिय बासिको समस्या लाई सम्बोधन गर्नको लागी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडामा रहेका सम्पुर्ण समस्या लाई समाधान गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरेको हो ।भुमि अधिकार मंच चौवाका अध्यक्ष जित बहादुर पुनको अध्यक्षता, ९ का वडा अध्यक्ष का उम्मेद्वार कमल पौडेल को प्रमुख आतिथ्यता, नेपाल स्वयंसेवक संघ का केन्द्रिय अध्यक्ष खेमराज पौडेल, एमाले वडा कमिटी अध्यक्ष बिन्द्र बहादुर गुरुङ, वडा सदस्यका उम्मेद्वाए नुमलाल थारुको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्षका उम्मेद्वार कमल पौडेलले निर्वाचनमा बिजय भए आफ्नो वडामा भएका सम्पुर्ण समस्या समधान गरि जिल्लाकै नमुना वडा बनाएर देखाउने प्रतिबद्धता समेत ब्याक्त गर्नु भयो ।त्यस्तै कार्यक्रम मा बोल्दै नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेलले ९ नम्बर वडामा यस्ता समस्या ब्याप्त रहेको बताउदै अहिलेको निर्वाचनमा एमाले लाई जिताए यि सबै समस्या समाधान हुने पनि बताउनु भयो ।
प्रतिक्रिया