प्रदेश

पाेखरामा कांग्रेसका बागीद्वारा उम्मेदवारी फिर्ता



कास्की २६ बैशाख – पार्टीको नीतिप्रति असहमति जनाउँदै पालिका चुनावमा पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिनुभएका कांग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएकाे छ ।‍ उम्मेदवारी फिर्ता लिएसँगै उहाँले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताउनुभएकाे छ । 

कार्कीले आज साेमवरा प्रेस विज्ञप्ति निकालेर पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नाे उम्मेदवारी निष्क्रिय भएको उल्लेख गर्नुभएकाे छ । ‘साथीभाइको सल्लाह र अग्रज नेताहरूको आग्रहलाई मान्दै मैले नेपाली कांग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु’, प्रेस विज्ञप्तिमा उहाँले लेख्नुभएकाे छ, ‘मेरो उम्मेदवारी आजैदेखि निष्क्रिय भएको छ ।’

यसैबीच नेपाली कांग्रेस कास्कीले पनि उम्मेदवारी फिर्ता लिएकाे भन्दै नेता विमलबहादुर कार्कीलाई धन्यवाद ज्ञापन गरेको छ । पार्टीभित्र असन्तुष्टि भए पनि आन्तरिक रूपमा मिलाउने र गठबन्धनका उम्मेदवारलाई जिताउने गरी कार्कीले उम्मेदवारी फिर्ता लिएकोमा आफू निकै खुसी भएको कांग्रेस कास्कीका सभाापति किशोरदत्त बरालले बताउनुभयाे । 

गठबन्धनको साझा उम्मेदवारलाई बागी उम्मेदवारकै कारण भोट काटिने चिन्ता पनि अब हटेको कास्की कांग्रेसले बताएको छ । पोखरा १४ घर भएका कांग्रेस नेता कार्कीले गठबन्धनका उम्मेदवारलाई सघाउने भएपछि पोखरा महानगरको चुनाव जित्न गठबन्धनलाई अझै बढी सजिलो भएको कांग्रेस कास्कीको बुझाइ छ ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६