खोज–अनुसन्धान

माओवादीबाट महानगरको वडाध्यक्ष उम्मेदवार बनेका ३जना एमाले प्रवेश



काठमाडौं २७ बैशाख । काठमाडौं नेकपा माओवादी केन्द्र का तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका तीन जना नेकपा ९एमाले० मा प्रवेश गरेका छन् ।केही दिनअघि माओवादी केन्द्रका तर्फबाट काठमाडौं१३ र १५ को वडाध्यक्ष पदको उम्मेदवार बनेका व्यक्ति एमालेमा प्रवेश गरेका थिए । आज फेरि माओवादी केन्द्रबाटै काठमाडौं(२४ का वडाध्यक्षको उमेदवार बनेका राजेन्द्र श्रेष्ठ एमालेमा प्रवेश गरेका छन् ।उनीसहित माओवादी परित्याग गरेका २४ जनालाई एमाले काठमाडौं जिल्ला सचिव राजेश शाक्यले टीका लगाएर पार्टीमा स्वागत गरे । पार्टी प्रवेशपछि श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह निर्वाचनमा आफ्नो सन्तानलाई जिताउने बाहेक अरू कार्यकर्ताको संरक्षणमा ध्यान नदिएको भन्दै असन्तुष्टि जनाए ।
यसअघि, माओवादी केन्द्रका तर्फबाट काठमाडौं(१३ को वडाध्यक्षको उमेदवार बनेका रामशरण डंगोल र काठमाडौं(१५ को वडाध्यक्षको उमेदवार बनेका रत्नकाजी महर्जन एमाले प्रवेश गरेका थिए ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६