खोज–अनुसन्धान

नेकपा एसका पालिका अध्यक्ष उम्मेदवार नै एमालेमा प्रबेश




झापा २७ बैशाख । नेकपा एकीकृत समावादीबाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमालेमा फर्किएका छन् । एमाले विभाजन हुँदा समाजवादी रोजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावको पूर्वसन्ध्यामा एमालेमै फर्किएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर उनले एमालेमै फर्किएको घोषणा गरेका हुन् । एमाले फर्किएको घोषणा गरेका भूपनारायणले विज्ञप्ति जारी गर्दै भनेका छन्, नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ ।
त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो । जतिबेला म सो पक्षमा लागें, त्यसबेला ठीक गरे भन्ने ठानेको थिएँ । तर, समयक्रम र राष्ट्रिय राजनीतिको घटनाक्रमहरु हेर्दै जाँदा गलत गरेको निष्कर्षमा पुगेको छु ।
माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी निजी स्वार्थमा फसेको बताए । माधवजी र माधवजीको समूहमा लाग्नुभएका साथीहरुले पार्टी चोइटाउनुको कारण निजी स्वार्थ र अन्तराष्ट्रिय स्वार्थ रहेछ । तसर्थ, सत्यतथ्य बुझिसकेपछि पार्टी बन्न नसकेको माधवजीको गिरोहमा बसेर निर्वाचित हुनुको अर्थ देखिन,ु उनले भने ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६