कपिलवस्तु, २७ वैशाख ।
समाज परिवर्तनको मुल एजेण्डा बोकेर आफु निर्वाचनमा होमिएको नेपाली कांग्रेसका तर्फबाट यशोधरा गाउंपालिकाका उम्मेदवार अनुप कुमार पाण्डेयले बताएका छन् । गाउंपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य र सामाजिक विकास मार्फत यशोधरा गाउं समाजको परिवर्तन गर्न आफु शशक्त ढंगले निर्वाचनमा उत्रिएको उनले बताए ।
नेता पाण्डेयले भने, गाउंपालिकामा सर्व प्रथम शिक्षा र स्वास्थमा विशेष जोड दिन्छु, उनले भने, हरेक वडामा सुविधा सम्पन्न स्वास्थ्य संस्थाको निर्माण र विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि पहल गर्ने छु ।
आफु प्रति गाउंपालिकाका स्थानीय युवा तथा आम गाउंपालिकाबासीले समेत ठुलो भरोसा गरेको उनले दावी गरे । जिल्ला समन्वय समितिको कार्यकारी सदस्य पदमा बसेर काम गरेको आफुमा अनुभव रहेको भन्दै आफु समन्वय समितिका तर्फबाट यशोधरा गाउंपालिमा करोडौं रुपैयाको बजेट तथा कार्यक्रम पार्न मुख्य भुमिका खेलेको समेत उनले बताए ।
गाउंपालिकाका उम्मेदवारहरु मध्ये उनलाई शिक्षित सक्रिय युवा उम्मेदवारको रुपमा हेरिएको छ । गाउंपालिकाको प्रमुख पदमा नेता पाण्डेय संगै नेकपा एमालेबाट शिव दयाल तिवारी, जनता समाजवादी पार्टीबाट साधिका यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट हविबुल्लाह खान, एकीकृत नेकपा माओवादीबाट हजरत अली लगायतका उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्रतिक्रिया