राजनीति

वडाको चौतर्फी विकासका लागि उम्मेद्वारी : वडाध्यक्षका उम्मेद्वार ढकाल



कपिलवस्तु, बैशाख २७ कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ११ मा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने वडाध्यक्षका उम्मेद्वार चेतनारायण ढकालले बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार ढकालले अधिकांश वडावासीहरु कृषि पेशामा आश्रित भएकाले कृषिमा आधुनिकिरण गरि व्यवसायीक कृषिमा आकर्षित विशेष योजनाका साथ लाग्ने बताउनुभयो ।
विगतमा एमालेका जनप्रतिनिधि नभएकाले विकासका थुप्रै कामहरु बाँकी रहेकाले ती काम पुरा गर्न एमालेका जनप्रतिनिधि आवश्यक रहेकाले जिताउन आग्रह गर्नुभयो । उहाँले सम्पुणर् वडावासीको आवश्यकता र माग अनुसार वडाका विकास निर्माण लगायत सम्पुणर् योजना कार्यान्वयन गर्ने बताउनुभयो ।विभिन्न संघ संस्थाको नेतृत्व गरि अनुभव संगालेका व्यक्तिलाई उम्मेद्वारको रुपमा पाउँदा मतदाता खुसी भएका छन् ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६