प्रदेश

वाणगंगा ४ को घोषणापत्रः ‘सुशासनयुक्त, भ्रष्ट्राचारमुक्त र विकसित वडा, सम्मानित जनता’ (पूर्णपाठ)



कपिलवस्तु,२७ वैशाख ।कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ ले ३० बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेद्वार चन्द्रकान्त न्यौपानेले मंगलरबार आफ्नो घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्र सार्वजनिक गर्दै वडा अध्यक्षका उम्मेदवार न्यौपानेले आफुलाई निर्वाचित वडालाई समृद्ध बनाउने प्रतिवद्धता जनाउनुभयो ।

घोषणा पत्रको नारा ‘सुशासनयुक्त, भ्रष्ट्राचारमुक्त र विकसित वडा, सम्मानित जनता’ रहेको छ । वाणगंगाका ४ दलिय गठबन्धनबाट उम्मेदवार रहनुभएका न्यौपानेले वडालाई ‘सुशासनयुक्त, भ्रष्ट्राचारमुक्त बनाउने बताउनुभयो । वडाको विकासका लागि आफुसंग भिजन भएकाले वडाको विकासका लागि एक पटक कलम चिन्ह्मा भोट दिएर जिताउन आग्रह गर्नुभयो । वडाको समस्या र यहाँका सम्भावनासंग आफु जानकार रहेकाले जनताले जिताउनेका विश्वस्त रहेको उहाँले बताउनुभयो ।

घोषणापत्र (पूर्णपाठ)
नाराः ‘सुशासनयुक्त, भ्रटाचारमुक्त र विकसित वडा, सम्मानित जनता’
आदरणीय वडावासी सम्पूर्ण जनताहरु ।
हामी यहीँ बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनको सन्निकट छौं । स्थानीय चुनाव भनेको नै आफ्नो ठाउँमा शिष्टाचार सहित विकास गर्न सक्ने सरकार चुन्ने अवसर हो । त्यसैले नै स्थानीय चुनावमा ठुला ठुला वाद र सिद्धान्तका कुरा हैन स्थानीय स्तरको विकास र सुसाशन दिन सक्ने योग्य ब्यक्ति चुनिएर आउनु पर्छ भन्ने मान्यता हामीले राखेका छौँ । कपिलवस्तुकै सुन्दर नगरीको रुपमा रहेको वाणगंगा नगरपालिका र ११ वडामध्ये बसैभन्दा महत्वपूर्ण वाड नम्बर ४ को खास विकास गर्नु अबको नेतृत्वसामु चुनौति छ । त्यसैले यस वडाका डुङगहवा, सिद्धिपुर, हरिहरपुर, ठाकुरापुर, झुँगा, गजेहडा, बुङची लगायतको विकासको लागि चार दलीय गठबन्धनले निम्न प्रतिवद्धता जनाउँदछ ।

१ः ‘भ्रष्टाचारमुक्त र विकसित वडा, सम्मानित जनता’ भन्ने मुल नारा
२ः विकास योजनामा हुने कमिसनको खेल बन्द गर्न
३ः ‘कृषि र पशुपालनको वर्गिकरण, त्यही अनुपातको प्रोत्साहन’ कार्यक्रम सुरु गर्न र कृषिको आधुनिकिकरण गरिनेुका साथै ‘वडा कृषि कोशेली घर’ संचालन गर्न तथा हस्तकलाको बजारीकरण गरिने
४ः महेन्द्र राजमार्गले छोएको र सदरमुकाम तौलिहवा जाने बाटोमा सुविधा सम्पन्न शौचालय तथा आधुनिक स्नानघर का साथै मल्टि प्रपोज रिफ्रेस सेन्टर आराम क्षेत्र बनाइने
५ः पर्यटकहरु यस स्थानमा ओर्लने वित्तिकै सजिलै देख्न सकिने गरेर यहाँ बाट नजिकका पर्यटकीय स्थल सम्मको यात्रा गर्न सकिने नक्सा, पुग्न लाग्ने दुरी र समय सहितको सबैले बुझ्ने भाषामा नेपाली, अँग्रेजी, हिन्दी, चाईनिज लगायत राखिने छ ।
६ः यस वार्ड भित्र रहेका सार्वजनीक जग्गाहरुको संरक्षणगरि खुल्ला स्थानको महत्वलाई मध्यनजर गर्दै यस स्थानको परिचय खुल्ने गरिको आकर्षक पार्क निर्माण गरिने र जग्गा बाँझो राख्नेमाथि कडाइपूर्वक निगरानी गरिने । यदि कसैले बाँझो जग्गा राखेको छ भने सहुलियतमा लिएर कृषि उद्यममा लगाइने
७ः ‘‘निशुल्क उपचार नैसर्गीक अधिकार’’ भन्ने नाराका साथ सम्पुर्ण वडाका विपन्न बर्गहरुको निशुल्क स्वास्थ वीमा गरिनेछ । साथै जटिल किसिमका रोगहरुको लागी अनुदानको ब्यवस्था गरिनेछ । त्यसै गरि समय समयमा विभिन्न रोगसँग सम्बन्धित विज्ञ सहितको स्वास्थ्य शिविरको आयोजना गरिनेछ ।
८ः राष्ट्रिय, प्रादेशीक तथा जिल्लास्तरका वार्डभित्रका खेलाडीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराई वडाका नव युवाहरुलाई प्रशिक्षण गराउने काममा खटाईनेछ ।
९ः आफ्नै क्षेत्रमा रोजगारी सृजना गर्नको लागी विभिन्न शिपमुलक तथा ब्यवसायीक तालीम प्रदान गरिनेछ । साथै रोजगारदातासँग समन्वय गरि बेरोजगारी तथा श्रमीक अभाव हुने समस्याको समाधान गर्नको लागी एक महिना भित्र श्रमबैंङ्क स्थापना गरिनेछ । साथै वडा टेक्निकल विद्यालयको स्थापना गरिने
१०ः प्रविधिमैत्री मेरो वडा, १० मिनेटभित्र सेवा भन्ने नाराका साथ वडा कार्यालयबाट उपलब्धहुने सेवा सुविधा प्राप्त गर्न आउने सेवाग्राहीलाई छिटो र छरितो सेवा उपलब्ध गराउनका निम्ती ई–वडाको रुपमा रुपान्तरण गरिने
११ः वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तित्वहरुको पहिचान गरि घर– घरमा यो सेवा उपलब्ध गराईने र व्यक्तिगत घटनाका विवरणको होम डेलिभरीको व्यवस्था
१२ः ‘ज्येष्ठ नागरिक सुरक्षा’ कार्यक्रम ९७५ बर्ष नाघेकाहरुलाई घरघरमै निशुल्क एम्बुलेन्स र होलवडी जाँच० गर्न
१३ः मुटु तथा मिर्गौला रोगको निशुल्क जाँच र पीडितहरुलाई प्रमाणको आधारमा प्रोत्साहन रकम उपलब्ध गराउन
१४ः बिभिन्न श्रोत साधनको पहिचान गरी ‘सात टोल, सात गौरवको आयोजना’ संचालन
जस्तै गजेहडाको जवाइ ताललाई सौन्दर्यीकरण
१५ ‘बलियो निर्माण’ कार्यक्रम अन्तर्गत सडक र भौतिक पूर्वाधारलाई स्तरीय बनाउन
१५ः १६ ‘वडा एम्बुलेन्स र स्वास्थ्यचौकीमै बर्थिङ सेन्टर संचालन गर्न
१६ः ‘प्रदुषणमुक्त र हरियाली वडा’ कार्यक्रम सुरु गर्न
१७ः हरेक बर्ष एकएक वटा राष्ट्रिय स्तरका खेल संचालन गरिने, ‘वडाभित्रका खेलमैदानको स्तरोन्नति र आवश्यकताअनुसार कभर्डहल निर्माण र बिभिन्न खेलाडीलाई राष्ट्रिय प्रशिक्षकद्धारा तालिम दिइने
१८ः नमुना बाल उद्यान र मनोरञ्जन पार्क निर्माण गरिने
१९ः ‘सुत्केरी झोला’ कार्यक्रम सुरु गर्न
२०ः ‘शोकमा सहानुभूति’ कार्यक्रमको सुरुवात गर्न
२१ः ‘झिलिमिली वडा, फ्रि इन्टरनेट सेवा’ कार्यक्रम सुरु गर्न
२२ः ‘फुसको छानामुक्त वडा’ बनाउन
२३ः ‘मेरो घर, वडाको गौरव’ कार्यक्रम सुरु गर्न
२४ः अति विपन्न आदिबासी, थारु, जनजाति, असहाय र ‘अपाङ्गता भएका नागरिकलाई बजेट, ब्यवसायीलाई वातावरण’ कार्यक्रम सुरु गर्न
२५ः ‘वडाको सान, नीजि क्षेत्रलाई प्रोत्साहन’ अभियानकै रुपमा संचालन गर्न
२६ः वडाका, गरिब, जेहेन्दार, दलित विद्यार्थीलाई ‘प्रोत्साहन छात्रवृत्ति’ प्रदान
२७ः वडाभित्रका संचारसंस्थालाई स्तरीय बनाउन आवश्यक सहयोग गर्ने
२८ः ‘एक घर, एक शुद्ध पिउने पानीको धारा’ अभियानकै रुपमा संचालन गर्न
२९ः बढ्दो महंगी र उर्जा संकटलाई मध्यनजर गर्दै ‘साइकल चलाऔँ, स्वस्थ बनौँ’ अभियान संचालन गर्न
३०ः वडाभित्र बनाइने संरचना अपाङ्गमैत्ती बनाउने अभियान र उनीहरुलाई नेतृत्वमा ल्याउन विशेष कार्यक्रम
चन्द्रकान्त न्यौपाने (शर्मा)
उम्मेदवार, वडा अध्यक्ष बाणगंगा नगरपालिका वडा नम्बर ४ कपिलवस्तु ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६