लुम्बिनी

२५६६ औं बुद्ध जयन्तीको अवसरमा जिल्ला अध्यक्ष शर्माद्वारा शुभकामना व्यक्त



कपिलवस्तु २ जेठ
२५६६ औं बुद्ध जयन्तीे अवसरमा नेकपा (एमाले) कपिलवस्तु जिल्ला अध्यक्ष डम्मर शर्माले शुभकामना व्यक्त गर्नुभएको छ । सोमबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष शर्माले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूणर्मा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुएभएको हो ।
‘समस्त नेपाली तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरुको गौरवपूणर् दिन २५६६ औं बुद्ध जयन्तीको पावन अवसरमा सम्पूणर् नेपाली जनसमुदाय एवं विश्वभरका बौद्ध मार्गीहरुमा सुख, शान्ति, समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ सन्देशमा भनिएको छ, ‘शान्तिका अग्रदूत, बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धले देखाउनुभएको सत्मार्ग, सदाचार, मेलमिलाप, अहिंसा र त्यागको बाटो अहिले पनि हामी सबैका लागि उत्तिकै अनुकरणीय रहेको छ ।’
‘बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचारहरु विश्वभर यति धेरै लोकप्रिय हुन सकेका हुन ।’ शुभकामना सन्देशमा भनिएको छ ।
सन्देशमा गौतम बुद्ध नेपालको भूमिमा जन्मेर समस्त मानव जगतकै कल्याणका लागि ठूलो योगदान दिनु भएको उल्लेख गर्दै शर्माले शान्ति, मानव हित र विश्व बन्धुत्वका सवालमा समर्पित सिद्धार्थ गौतम बुद्धले देखाउनु भएको सत्मार्ग बौद्ध धर्मावलम्वीका लागि मात्रै नभइ सम्पूणर् मानव जातिकै लागि अनुकरणीय रहेको सन्देशमा उल्लेख गर्नुभएको छ
शर्माले सन्देश मार्फत, ‘बौद्ध दर्शन र बुद्धका विचारहरुलाई आत्मसाथ गरेर हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त देशमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आपसी मेलमिलाप र सद्भाव कायम हुने विस्वास व्यक्त गर्नुभएको छ ।’
बुद्धजन्मस्थल लुम्विनी लगायत बुद्धसंग जोडिएका स्थलहरु तिलौराकोट, निग्लिहवा, गोटिहवा, अरौराकोट, सग्रहवा, रामग्राम, देवदह, तानसेन लगायतको खोज तथा अन्वेषण गरेर त्यस्ता क्षेत्रको समुचित विकास गरी पर्यटकीय सम्भावना उजागर गर्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य गर्नु आजको अपरिहार्य आवश्यकता रहेको समेत शर्माले सन्देशमा उल्लेख गरिएको नेकपा एमाले जिल्ला प्रचार विभाग, कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६