कपिलवस्तु ४ बैशाख । कपिलवस्तुको वाणगंगामा अव वडा नं ५,६र ७ को मात्र मत गणना हुन वाकी छ । ११ वडामध्ये अरु सबै वडाको मतगणना सकिएको हो । जस अनुसार वडा नं १ र ११ कँंग्रेसले जितेकोछ । वडा नं ३ माओवादीले जितेको छ । वडा नं २ ,४ ,८ र १० एमालेले जितेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार मेयरमा एमालेका चक्रपाणी अर्याललाई ८३५ को अग्रता मिलेकोछ भने उपमेयरमा रीता चौधरीलाई १२ सय ४५कोअग्रता मिलेको छ ।
निर्वाचन अधिकृत टेकराज अर्यालका अनुसार कुल खसेको मत ४८ हजार ८९१ मध्ये ३५ हजार ४३८ मत गणना भएको छ ।एमालेका मेयर र उपमेयर उम्मेदवारको प्राप्त मत क्रमश १४६७८ र १५०९२ रहेको छ । यसैगरी कांग्रेसको मेयरमा १३८४३ र उपमेयरमा १३८४७ रहेको छ ।आज भर्खरै प्राप्त विबरण अनुसार वडा नं ४ मा एमालेका छवि रेष्मि मगरले १६३ मतान्तरमा कांग्रेसका दिनेश क्षेत्रीलाई पराजित गरेका हुन् भने वडा नं ८ मा एमालेका वावुराम अर्याल कांग्रेसका कृष्ण प्रसाद पौडेललाई करिव एक हजारको मतान्तरमा पराजित गरेकाछन् । यो वडामा एमालेका सबै उम्मेदवारको ६ सय देखि हजारको मतान्तर रहेपनि मेयरमा भने चक्रपाली अर्यालको करिव १ सय मात्र मतान्तर रहेको छ ।
यो वडा एमालेको गढ मानिन्छ ।विगतमा एमालेको मेयरमा विमला घिमिरे उम्मेदवार हुदा ९ सय बढीको मतान्तर दिएको यो वडाले यसपाली मेयरमा चक्रपाणी अर्यालाईभने एकसयको सेरोफेरोमा मात्र मतान्तर दिएर सोही वडाका कांग्रेस उम्मेदवार रविराज आचार्यलाई ठूलो टेवा प्रदान गरेकोछ । यो तथ्यले एमाले बृत्तमा आश्चर्य चकित तुल्याएको छ ।
प्रतिक्रिया