कपिलवस्तु ४ जेठ । कपिलवस्तुको वाणगंगामा २ वटा वडाको आज प्राप्त विवरणले पुरानो रेकर्ड ब्रेक गरेकोछ । वाणगंगाको मुटु मानिने सदरमुकाम समेत रहेको वडा नं ४ मा विगतमा ४ सय वढीको फराकिलो मतान्तरमा कांग्रेसले जितेको थियो । एमाले सबै भन्दा कमजोर रहेको मानिएको यस वडामा एमालेका छवि रेष्मि मगरले १६३को मतान्तरमा कांग्रेसका दिनेश क्षेत्रीलाई पराजित गरेर नयाँ रेकर्ड वनाएका हुन् ।स्तैे वडा नं ८ मा एमालेका वावुराम अर्याल कांग्रेसका कृष्ण प्रसाद पौडेललाई करिव एक हजारको मतान्तरमा पराजित गरेर सबै भन्दा फराकिलो मतान्तरमा जित्ने वडाध्यक्षका रुपमा नया रेकर्ड वनाएका छन् । सायद अरु कुनै पनि वडामा यस्तो फराकिलो अन्तर यसपाली देखिने छैन ।
यो वडामा एमालेका सबै उम्मेदवारको मत ६ सय देखि हजारको मतान्तर रहेपनि मेयरमा भने चक्रपाली अर्यालको करिव १ सयको मात्र मतान्तर रहेको छ । यो वडा एमालेको गढ मानिन्छ ।एमालेका अरु सबै उम्मेदवारलाई ठूलो मतान्तर दिने आफ्नै मेयरलाई मत नदिने वडामा समेत वडा नं ८ ले नयाँ रेकर्ड वनाएको छ ।यो वडामा एमालेका ८ सय वढी संगठित सदस्य छन् । जिल्ला कमिटीका नेता १८ जना छन् । सो भन्दा माथिल्लो कमिटीका नेता दर्जनौ छन् । तर यस्तो मतदान कसरी भयो सबै चकित छन् ।
४ जेष्ठ २०७९, बुधबार
प्रतिक्रिया