कपिलवस्तु ४ बैशाख ।कपिलवस्तु नगरपालिाकामा यतिबेला जसपाको वडागत रुपमा कुनै लहर छैन ।सरसर्ती हेर्दा धेरै वडा कांग्रेसले जितेकोछ । वडा नं ३ ,५, ८,१० र १२ कांग्रेसले जितेकोछ । वडा नं २ ,४ र ९ एमालेले जितेकोछ । वडा नं १ र ११ मात्र अहिले सम्म जसपाले जितेकोछ । अव ६ र ७ को नतिजा मात्र आउन वाकी छ । ती वडा कसले जित्ने हो निश्चित छैन । तर कपिलवस्तुको मेयर भने सुदिप पौडेलले नै जित्छन् भन्ने सुनिश्चत भै सकेको छ । त्यसो हुनुको कारण हो लगातार २००० भन्दा फराकिलो मतान्तरमा सुदिप टिकी रहन सक्नु ।
अहिले पनि चाहे कांग्रेसले ५ वडा जितोस वा एमालेले ३ सुदिपलाई यसले कुनै प्रभाव पार्न सकेको छैन । जुन वडामा जसले जितेपनि त्यहावाट मेयरमा जाने मत सुदिपकै पक्षमा देखिएकोछ । यसो हुनुमा सुदिप पौडेलको विशेष क्षमता के हो ? उनले यसरी एकाएक किन चमत्कार देखाएका छन् ? विषय आम चासोको विषय बनेको छ । त्यसैले यस विषयमा बुझ्न केहि तथ्य नियाल्नै पर्ने हुन्छ । ती हुन् :
२ दशक लामो बृजेशसंगको सहकार्य :
सुदिपले सांसद बृजेश कुमार गुप्तासंग २ दशक लामो राजनैतिक सहकार्य मात्र गरेनन् उनको नजिकको विश्वास पात्र वनेर काम गरे । प्रहरी प्रशासन जताततै जनताका काम परेमा डिल गर्ने र समाधान गर्ने कामको नेतृत्व सुदिपले गरे । कहिकतै सांसद गुप्ताको साथ चाहिएमा तत्काल पाउने अन्यथा आफ्नै वलवुताले जनताका काम गर्न अभ्यस्त बनेका सुदिप जनताले जे परयो खोज्ने पात्रका रुपमा देखा परे । यस प्रकारको क्यारियर बन्नमा बृजेश संगको सहकार्य नै प्रमुख हो भन्दा फरक पर्दैन ।
सरल स्वभाव र जनमुखी शैली :
देखेजतिका साना ठूला सबैलाई आदर सम्मान र अभिवादन गर्ने, कहिल्यै पनि अरुवाट नमस्कार खोज्ने होइन । आफैले नमस्कार पस्कने उनको शैली लोकप्रिय वन्यो । जनताका काममा राती दिन जतिबेला पनि तयार सघाउन तयार हुने शैलीले सुदिप झनझन पपुलर भए । कोरीयामा रोजगारी गरेर फर्किएका सुदिपसंग पैसाको कुनै कमी थिएन ।नेपाल फर्केपछि ठेक्का पटटामा राम्रो पकड जमाउदै गए । वडाध्यक्ष भएर पनि निर्माण ब्यावसायी पेशालाई निरन्तरता दिएका सुदिपले धन राम्रैसग कमाए। धनदेख्दा महादेवका तीन नेत भनेझै सुदिपको धनवाट कतिपयले चन्दा र सहयोग पाए । कतिपयले अफ्ठयारो परेका बेला सहायता पाए । राजनैतिक दलले भनेका काममा रकम पाए । प्रहरी प्रशासनले वेला मौकामा लिन खोजेका काम भएको पाए । फलस्वरुप यी सबै कामवाट सुदिप प्रहरी प्रशासन सबै दलका कार्यकर्ता र जनजनमा मनमनमा छाउन सफल भए ।
पछिल्लो ५ वर्ष मेयरकै तयारीमा लाग्नु :
यसअघि सुदिप कपिलवस्तु नगरपालिकाको वडा नं १ वाट निर्वाचित वडाध्यक्ष थिए । उनले अवको मेयर बन्नु पर्छ भनेर वडाध्यक्ष भएदेखिनै मेहनत वढाए । सांसद बृजेश गुप्तासंगै एमालेका अध्यक्ष केपि ओलीसंग टिका लगाएर चुनाव भन्दा केहिदिन पहिले एमाले प्रबेश गरे । एमालेको सम्पूर्ण कार्यकर्ता पंक्ति सुदिपले मेयरमा टिकट पाउनु पर्छ भन्नेमा विशवस्त थियो । तर उनले बृजेशका कारण एमालेवाट टिकट पाउने संभावना देखेनन् । फलस्वरुप चुनावकै मुखमा जसपामा प्रबेश गरे । जसपाले सिंगो नगरभित्र लहर ल्याउन त सकेन तर सुदिपको पपुलारीटीले मेयरमा उनलाई जसपाकै तर्फवाट पदासिन वनाउने क्षणमा भने अवश्य पुरायो ।
बृजेशले गुमाएको मौका :
एमालेमा सुदिपलाई टिकट दिन पार्टीको जिल्ला नेतृत्व स्पष्ट थियो । सुदिप नै उपयुक्त पात्र हुने भन्नेमा कुनै शंका थिएन । तर जनतामा भिजेका कार्यकर्ता भन्दा सांसद बृजेश कुमार गुप्तालाई गुप्ता खानदानकै विरासत प्यारो लाग्यो । उनले सुदिप होइन आफ्नै भाई डा. राजेश गुप्तालाई रोजे । गुप्ताले भाई रोजेसंगै असन्तुष्ट बनेका बृजेश समर्थक पनि सुदिपकै साथ लागे । उनले पनि सुदिपकै पक्षमा जनमत खडागरे । एमालेमा टिकट वाड्न बृजेशको एकाधिकार माग प्रति एमालेका कार्यकर्ता पनि रुष्ट वने । उनले त्यसको समाधान सुदिपलाई भोट दिनुमा खोजे । कांग्रेसमा असन्तुष्टको रोजगाईमा पनि सुदिप नै परे । यति सम्म की एमालेका पुराना कार्यकर्ताले कपिलवस्तु नगरपालिकामा न त कुनै वडाध्यक्ष पाउन सके । नत मेयर र उपमेयर । फलस्वरुप ती कार्यकर्ताले बिद्रोह गरेनन् तर सुदिपलाई छान्ने मौका भने गुमाएनन् । एमालेका पुराना सैद्धान्तिक कार्यकर्ताले मात्र डा. गुप्तालाई मत दिए । अरुले सुदिपलाई नै छनौट गरे
सुदिपले केहि गर्छन भन्ने जनचासो :
निकै लामो समय रामदाश गुप्ताले मेयर चलाएको कपिलवस्तु नगरपालिकामा संविधान निर्माण पछिको पहिलो मेयर बने किरणसिंह । उनी फराकिलो दायरामा चल्न चाहेनन् । उनले वडाध्यक्ष भित्रै आफ्नो र अर्काको भन्ने विभेद गरे । वजेट वितरणमा कांग्रेस मुखी भए । एमालेको सरकारले दिएको वजेटवाट तौलिहवामा हुलाकी सडक वनाउन ६ सय बढी घरपसल तोड्न सफल भएको वाहेक देखाउन मिल्ने कुनै काम किरणले गर्न सकेनन् ।
फलस्वरुप केहि नवनाउने र नविगार्ने रामदाश प्रबृत्ति र आफ्नोले मात्र वजेट पाउने अरुले हेरेको हेरयै हुनु पर्ने किरण प्रबृत्तिवाट वाक्क वनेका जनताले सुदिपले रोजे । उनले सबैलाई मिलाउने र नगरकालागि खास काम गर्ने सक्ने अपेक्षा जनताले लिए । त्यसकै परिणाम स्वरुप सुदिपलाई स्पष्ट मताधिकार दिए । कपिलवस्तु नगरको दोश्रो मेयरका रुपमा जनताले पठाइसके । केवल निर्वाचन कार्यलयले सबै वडाको मत गणना गरेर घोषणा गर्न मात्र वाकीछ । सुदिपको विजयी यात्रा अव कसैले रोकेर नरोकीने चरणमा प्रबेश गरि सकेको छ । जनताको यही चाहनालाई बुझेर सुदिपले साकार पार्छन वा हात्तिआए हात्ति आए फस्सा मात्र हुन्छ त्यो भने हेर्न वाँकी छ ।
४ जेष्ठ २०७९, बुधबार








प्रतिक्रिया