खोज–अनुसन्धान

बाणगंगाको मेयर उपमेयर सहित ६ वटा वडामा एमालेको जित , ६ नम्वरमा मतगणना जारी




कपिलवस्तु ५ जेठ ।कपिलवस्तुको बाणगंगामा नेकपा एमालेले मेयर उपमेयर सहित ६ वटा वडामा जित सुनिश्चित गरेकोछ । मेयरमा चक्रपाणी अर्याल र उपमेयरमा रीता कुमारी थारु करिव ५ सय बीचको मतान्तरमा मेयर उपमेयम विजयी हुने निश्चित देखिए पनि वडा नं ६को मतगणना नसकिएकाले घोषणहुन भने सकेको छैन । यसपाली एमालेले ६ वटा वडा सहित मेयर उपमेयर जित सुनिश्चित गरेको हो । एमाले वडा नं २ ,४ ,७, ८ ९र १० मा विजयी भएको छ । वडा नं ६ को परिणम आएको छैन । कांग्रेसले वडा नं १ ,५ र ११ जितेको छ ।

वडा नं ६ मा कांग्रेसको अग्रता छ त्यो जितेमा ४ वडाको नेतृत्व कांग्रेसले गर्नेछ । वडा नं ३ माओवादी केन्द्रले जितेको छ। तसर्थ वाणगंगामा ३ ठूला दलको उपस्थिती सुनिश्चित भएको हो । विगतमा एमालेले ७ वडा अध्यक्ष र उपमेयर जितेको थियो । कांग्रेसले ३ वडाध्यक्ष र मेयर जितेको थियो । माओवादीले एक वडा जितेको थियो । यसपाली कांग्रेसले धेरै गुमाएको छ एमालेले थोरै गुमाएपनि धेरै पाएकोछ । माओवादी न गुमाउने नपाउनेमा परेकोछ ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६