प्रदेश

एउटै वडामा श्रीमान् एमाले र श्रीमती कांग्रेसबाट वडा सदस्यमा निर्वाचित




काठमाडौं, ०५ जेठ । सुन्दा अचम्म लाग्छ एक दम्पती फरक फरक राजनीतिक दलबाट स्थानीय निर्वाचनमा निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा पतिपत्नी नै वडा सदस्यमा निर्वाचित भएका हुन् । नेकपा एमालेको तर्फबाट दोधारा चाँदनी नगरपालिका ७ बाट खुला सदस्यमा उम्मेदवार बनेका सन्दीप उपाध्याय विजयी भएका छन् । यस्तै उनकी श्रीमती कमला उपाध्याय नेपाली कांग्रेसबाट महिला सदस्य पदमा विजयी भएकी छन्।

सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत प्राप्त गरेका छन् । दुई अलग पार्टीबाट उम्मेदवारी दिए पनि दुवै जना जनप्रतिनिधिको रूपमा चुनिएको स्थानीय निर्वाचन २०७९ मा यो नै पहिलो घटना हो । फरक दल भएका कारण उनीहरूले एक अर्कालाई भोट समेत नहालेको बताएका छन् । राजनीतिक धोका हुने भन्दै उनीहरूले एक अर्कालाई भोट नहालेको हामीसँग बताए । साभार

प्रकाशित : ५ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६