प्रदेश

कपिलवस्तुको कृष्णनगरमा कांग्रेसको अग्रता कायमै



कपिलवस्तु, ०५ जेठ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका ९ वटा वडाको चुनावी नतिजा सार्वजनिक भइसकेको छ । कृष्णनगरमा अहिले वडा नं। १० को मतगणना जारी छ । १२ वटा वडा रहेको कृष्णनगरमा अब वडा नं।११ र वडा नं। १२ मा मात्र मत गणना हुन बाँकी छ । हालसम्म सार्वजनिक भएको मतगणना अनुसार कृष्णनगरमा नेपाली कांग्रेसका उम्मेदवार रजत प्रताप शाह ४ हजार ५ सय ४ मतका साथ अगाडी देखिनुभएको छ ।

राप्रपाका उम्मेद्वार दिपक रजौरियालाई पछि पार्दै शाहले आफ्नो अग्रता बढाउँदै लग्नुभएको छ । राप्रपाका रजौरियाले ३ हजार ४ सय ४२ मतका साथ शाहलाई पछ्याइरहनुभएको छ ।

शाह र रजौरिया बीचको मतान्तर १ हजार ६२ छ । यस्तै कृष्णनगरमा माओवादी केन्द्रका जावेद खाँले २ हजार ८ सय ६४ मत पाउनुभएको छ । तेस्रो स्थानमा देखिनुभएका खाँ एमालेका कुणाल प्रताप शाह भन्दा ९२ मतका साथ अगाडी हुनुहुन्छ । एमालेका शाहले २ हजार ७ सय ७२ मत पाउनुभएको छ ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६