कपिलवस्तु ६ जेठ । नेकपा एमालेकाकेन्द्रिय नेता एवम कपिलवस्तु २ का संघिय सांसद बृजेशकुमार गुप्ताले भारतीय सिमाक्षेत्रको यशोधरामा मेयर उपमेयर जिताएर देखाएको दावि गर्दै यसरी नै महराजगंजमा पनि मेयर उपमेयर जित्जे ठोकुवा गर्नु भएको छ । महाराजगंजमा ३ जेठमा मतदान भएकाले ढिलागरि गणना हुदै गर्दा गुप्ताले यस्तो दावि गर्नु भएकोहो । खासमा यशोधरा भनेको कांग्रेसको बलियो किल्ला हो । कांग्रेस पूर्व सभापति सुधाकर पाण्डेको गृह थलोमा एमालेले यस अघि एकजना सम्म वडा सदस्य पनि जितेको थिएन । यस्तो भूगोमा एकैसाथ एमालले आफ्नो किल्ला वनाउन सफल भएको हो ।
यशोधरामा एमालेका गाउँपालिकाका अध्यक्षका उम्मेदवार शिवदयाल तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गरि चुनाव जिते । उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका अनुप कुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरे । त्यसै गरि उपाध्यक्षमा एमालेकै गुन्जादेवी मौर्यले ४ हजार ४५ मत ल्याई चुनाव जितिन ।उनकी प्रतिश्पर्धि नेपाली काँग्रेसकी बिन्द्राावती यादवले ३ हजार २ सय ३७ मत प्राप्त गरीन । यशोधरा गाउँ पालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित ३ वटा वडा जितेको छ । ८ वटा वडा रहेको गाउँपालिकामा काँग्रेसले २ वटा, जनता समाजवादीले १ वटा, जनमत पार्टीले १ वटा र स्वतन्त्र उम्मेदवारले एउटा वडा जितेका छन।
प्रतिक्रिया