रुपन्देही ८ जेष्ठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका मोहन चापागाईँ र कांग्रेसका रामकृष्ण खाँण बीच तीब्र प्रतिस्पर्धा रहेको छ। चापागाईले पाँच दलिय गठबन्धनलाई कडा चुनौती दिइ रहेकाछन् । ३० हजार ७३४ मत गन्दा नेपाली कांग्रेसका उम्मेद्वार खाँण एमालेका चापागाई भन्दा ३५७ मतले अग्रता लिएका छन् । कांग्रेसका खाँणले ११ हजार ९४९ मत पाउँदा एमालेका चापागाईँले ११ हजार ५९२ मत पाएका छन् । यस्तै उपप्रमुखमा भने नेकपा एमालेकी जागेश्वरी चौधरीले फराकिलो अग्रता लिएकी छिन् । चौधरीले ११ हजार २७० मत पाउँदा माओवादीका उम्मेद्वार हेमन्त पाण्डेले ५ हजार ७१५ मत पाएका छन् ।
८ जेष्ठ २०७९, आइतबार
प्रतिक्रिया