खोज–अनुसन्धान

चमार समुदायबाट पहिलो उपाध्यक्ष :द्वन्द्वपीडित परिवारलाई मासिक भत्ता




नवलपरासी १३ जेठ । कुनै समयमा समाजमा अपहेलित बनेको तराईको चमार समुदायबाट बासमती हरिजन सरावल गाउँपालिकाकी उपाध्यक्ष बन्नुभएको छ ।सरावल गाउँपालिका वडा नम्बर ४ गोबरहियाकी साधारण किसान परिवारकी बासमती स्थानीय तहको दोस्रो निर्वाचनबाट चमार समुदायबाट पहिलो उपाध्यक्ष बन्नुभएको हो । नेकपा एमालेतर्फबाट स्थानीय तह निर्वाचनमा भाग लिनुभएको थियो । राष्ट्रिय दलित आयोगका पूर्वसदस्य राजुप्रसाद हरिजनले जातीय व्यवस्थाबाट जकडिएको तराईको समाजमा छुवाछूतको जालो तोड्दै उहाँ उपाध्यक्ष बन्नुभएको जानकारी दिनुभयो । उत्पीडित वर्गका लागि यो एउटा ठूलो उपलब्धि हो, आयोगका पूर्वसदस्य हरिजनले भन्नुभयो ।

चुरे पहाडको फेदीदेखि भारतसम्म जोडिएको सरावल गाउँपालिकाको सिमानासँग जोडिएको दक्षिणी भाग तराईमा दलितको ठूलो बस्ती रहेको छ । स्थानीय तह निर्वाचन सम्पन्नपछि अहिले बासमती हरिजनले सरावल गाउँपालिकाको उपप्रमुखको जिम्मेवारी ग्रहण गर्नुभएको छ । नेपाली कांग्रेस पार्टीबाट सरावल गाउँपालिकाकी पूर्वउपाध्यक्ष उत्तमा रायलाई ३९४ मतान्तरले पराजित गर्दै बासमती हरिजन उपाध्क्ष बन्नुभएको हो । विपन्न परिवारबाट आएकी उपाध्यक्ष हरिजनका श्रीमान् अहिले पनि दैनिक खर्च चलाउनका लागि नवलपरासीको सरावलस्थित एउटा उद्योगमा सेक्युरिटी जागिर गर्दै आउनुभएको छ ।

यतापश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको पहिलो बैठकले नगरपालिकाभित्र रहेका द्वन्द्वपीडित परिवारका लागि मासिक दुई हजार रुपियाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । गठबन्धनतर्फबाट निर्वाचित हुनुभएका नगरप्रमुख शम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्यायले पहभार ग्रहण गर्दै सो निर्णय गर्नुभएको हो । नगरपालिकाको पहिलो बैठकले नगरपालिकाभित्र रहेका सबै द्वन्द्वपीडित परिवारलाई मासिक दुई हजार रुपियाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभएको हो ।विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियालाई टेवा पुग्नेगरी दसवर्षे जनयुद्धक्रममा राज्य एवं विद्रोही पक्षबाट मारिएका पीडित परिवारलाई प्रतिमहिना दुई हजार रुपियाँ दिने निर्णय भएको उपप्रमुख उपाध्यायले बताउनुभयो ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६