खोज–अनुसन्धान

पत्रकारिताको आबरणमा लुटको धन्दा : ७ करोड वार्गेनिङमा ५ पत्रकार सहित ७ पक्राउ




काठमाडौं १४ जेठ । पत्रकारिताको आवरणमा ब्ल्याकमेलिङको धन्दा चलाइरहेको तथ्य बाहिर आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एउटा घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका सातमध्ये पाँच जना पत्रकार रहेको पाइएपछि यो तथ्य बाहिर आएको हो ।कार्यालयले पत्रकार, विज्ञापन एजेन्सीका कामदार, दलको नेता अनि सर्वसाधारण गरी सात जना मिलेर भिडियो खिची ब्ल्याकमेल गर्दै सात करोड रुपैयाँ मागेको आरोपमा समातिएका सात जनालाई आज सार्वजनिक गरेको छ । यसरी सार्वजनिक भएकामध्ये सुजन आचार्य, टेक विक, धर्मराज थापा, उमेश भण्डारी, बसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की रहेका छन । उनीहरुमाथि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले योजनाबद्ध तरिकाले पीडितलाई पटक–पटक फोन गरी, प्रत्यक्ष भेटेर डर, धम्की र त्रास देखाएर ७ करोड मागेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने म्यादसमेत प्रहरीले लिएको छ ।

कार्यालयका एक अधिकारीले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार पत्रकार सुजन यस अगाडि पनि प्रहरीसँग मिलेर हिरा लुटेको अभियोगमा २१ महिना जेल परेर छुटेका थिए । जेल पर्नुभन्दा केही समय अघिसम्म उनी एबिसी टेलिभिजनमा काम गर्ने गरेका थिए । जेलबाट छुटेर पनि उनले पुरानै धन्दा अगाडि बढाएको पाइएको प्रहरीले जनाएको छ । लुटपाटमा जेल पर्नुअघि उनी एबिसी टेलिभिजनको क्राइम सम्बन्धी ‘डायल १००’ कार्यक्रम सञ्चालन गर्थे ।

यस्तै धर्मराज थापा नेपालताराडटकममा काम गर्दै आएको जानकारी दिएको प्रहरीले जनाएको छ । सो अनलाइन पूर्वएसएसपी बिक्रमसिंह थापाले सञ्चालन गरेको मिडिया हो । यस्तै पक्राउ परेकामध्ये सुरज कार्की र बशन्ता पनि एबिसी टेलिभिजनमा केही समय काम गरेर छाडेको र त्यसपछि यस्तो काममा लागेको पाइएको छ । यसैगरी पक्राउ परेका उमेश कारोबार नामक विज्ञापन एजेन्सीसँग सम्बद्ध देखिएका छन । टेक विक भने नेत्रविक्रम चन्दको पार्टीका विद्यार्थी नेता हुन भने सुरज शर्मा र श्रवण कार्की सर्वसाधारण रहेको प्रहरीको भनाई छ ।ग्ल्यामर फिल्डकी एक महिलाको ‘यौन भिडिओ’ मा उनीहरुले ७ करोडको बार्गेनिङ गरेका थिए । प्रहरीका अनुसार बिग्रिएको ल्यापटप बनाउने ठाउँबाट यो धन्दा अघि बढाइएको पाइएको छ ।

प्रकाशित : १४ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६