काठमाडौ १४ जेठ । पछिल्लो केही महिनायता कोरोना संक्रमितको सङ्ख्या घट्दै गए पनि शून्यमा भने आउन सकेको छैन।कोरोना सङ्क्रमणबाट मृत्यु दर भने शून्य आइसकेको छ। पछिल्लो २४ घण्टामा पनि थप ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। १ हजार ९ सय ६९ जनामा गरिएको परीक्षणमा ८ जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।त्यस्तै सोही अवधिमा १५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर कोरोना संक्रमितको सङ्ख्या १ सय १४ रहेको छ।हालसम्म ११ हजार ९ सय ५२ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ।
१४ जेष्ठ २०७९, शनिबार
प्रतिक्रिया