अर्थ-वाणिज्य

रुपन्देहीका सबै नगरमा एमालकोे उपमेयर सुरक्षित :पहिले जितेका सबै मेयर पराजित




रुपन्देही १४ जेठ । २०७४ सालको स्थानीय तहको चुनावमा नेकपा एमालेले रुपन्देहीका १६ पालिकामध्ये ७ वटामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो । त्यसबेला जितेका सबै पालिकामा एमालेले यसपटक प्रमुख पद गुमाएको छ ।तिलोत्तमा नगरपालिकाको मतगणना सकिएसँगै रुपन्देहीका १६ वटै पालिकाको नतिजा आएको छ । तिलोत्तमामा कांग्रेसका रामकृष्ण खाण मेयरमा र एमालेकी जागेश्वरी देवी चौधरी उपमेयरमा निर्वाचित भए । प्रमुख पद गुमाए पनि तिलोत्तमासँगै एमालेले रुपन्देहीका सबै नगरपालिकामा उपप्रमुख पद भने जितेको छ ।बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना नगरपालिकामा एमालेले यसअघि जितेको प्रमुख पद गुमायो । तर, उपप्रमुख पद कायम राखेको छ । अघिल्लो पटक देवदह नगरपालिकामा उपप्रमुख पद जितेको एमाले यसपटक प्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको उपप्रमुखमा एमाले पहिलो पटक विजयी भएको छ ।
शुद्धोधन गाउँपालिकामा पनि उसले अघिल्लो पटक जितेको अध्यक्ष पद गुमाएर उपाध्यक्ष पद कायम राखेको छ । कञ्चन र सियारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै गुमाएको छ। अघिल्लो पटक जितेको सबै ७ वटै पालिकाको नेतृत्वमा पराजित भए पनि एमालेले नयाँ पालिकामा प्रमुख पद पाएको छ । जिल्लाको देवदह नगरपालिकामा अघिल्लो पटक उपमेयर जितेको एमाले मेयरमा हारेको थियो । तर यसपटक मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ ।
यसअघिको नतिजाका आधारमा कमजोर मानिएको ठाउँमा यसपटक एमाले बलियो देखिएको छ । गैडहवा गाउँपालिकामा अघिल्लो चुनावमा एमाले तेस्रो स्थानमा थियो । तर यसपटक अध्यक्ष र उपाध्यक्ष दुवै पद सो पार्टीले जितेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेयर नजिते पनि एमालेले उपमेयर हात परेको छ । अघिल्लो पटक एमालेका मेयर उम्मेदवार नै थिएनन् भने उपमेयरमा पाँचौ स्थानमा थियो । पाँच वर्षअघि कुनै पनि वडा नजितेका एमालेले अहिले लुम्बिनी सांस्कृतिकमा ५ वटा वडा जितेको छ ।ओमसतियो गाउँपालिकामा अघिल्लो पटक एमाले पाँचौँ स्थानमा थियो । तर यसपटक अध्यक्ष जितेको छ । तर यहाँ उपप्रमुख तथा कुनै पनि वडामा एमाले विजयी हुन सकेन । रुपन्देही जिल्ला भरमा अघिल्लो पटक ६७ वटा वडा जितेको एमाले यो चुनावमा ४५ वडामा खुम्चिएको छ ।

प्रकाशित : १४ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६