अर्थ-वाणिज्य

ब्यवसायिक धान उत्पादक किसानलाई स्प्रेयर मेशीन




कपिलवस्तु १४ जेठ।कृषकहरुलाई प्रोत्साहीत गरी ब्यवसायिक धान खेतीलाई बढावा दिन कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सुखरामपुरका ५० कृषकहरुलाई ईलेक्ट्रिक स्प्रेयर टंकी सहीतका सामाग्री उपलब्ध गराईएको छ । ताम्रेश्वर कृषि सहकारी समुहमा आवद्ध रहेकाहरुलाई स्प्रेयर टंकी सहीत धानका बीउ, जींक, सल्फर सहीतको सामाग्री उपलब्ध गराइएको हो ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान बाली साना ब्यवसायिक उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत उनीहरुलाई सहकारी मार्फत ५० प्रतिशत अनुदानको सो सामाग्री उपलब्ध गराइएको हो । २४ लाखको सामाग्री मध्ये सो कार्यक्रम अन्तर्गत १२ लाख अनुदान दिइएको हो । कपिलवस्तु नगरपालिकाकी नव निर्वाचित उप मेयर सुनिता गुप्ता र वडाध्यक्ष प्रकाश गैरले सहकारीमा आबद्ध कृषकहरुलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कृषकहरुले सहज मलखादको आपुर्ति र कृषकहरुलाई अन्य सामाग्रीहरु समते उपलब्ध गराउनु पर्ने माग उठीहरको बेला उप मेयर गुप्ताले आफुले कृषकहरुको समस्या समाधान गर्ने गरी काम अघि बढाउने बताइृन । सो अवसरमा वडाध्यक्ष गैरले मलखाद बिउ बिजन, सिचाई लगायतका सामाग्रीहरु सहजरुमपा उपलब्ध गराउनु पर्ने माग गरे । नगर पालिका कृषि शाखाका प्रमुख भगवान दास गुप्ताले २० हेक्टर क्षेत्रमा धान खेतीकालागि सहकारीमा आबद्ध भएका कृषकहरुलाई ५० प्रतिशत अनुदानको सामाग्री उपलब्ध गराइएको बताए ।
कृषकहरुलाई क्षेत्रफलका आधारमा स्प्रेयर टंकी ६४४४ जातको हाईब्रिड धान ४ किलोका दरले, जीक, सल्फर लगायतको सामाग्री उपलब्ध गराइएको हो । १६ लिटर क्षमताको स्प्रेयर टंकी हात र ईलेक्ट्रिक दुबैबाट चलाउन मिल्छ । सहकारीका अध्यक्ष राधेश्याम कोरीले सहकारीमा आबद्ध भएका कृषकहरुको २० हेक्टर धान खेतीकालागि धान बालीको साना ब्यवसायिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा सो सामग्री उपलब्ध भएको बताए । प्राप्त सामाग्रीहरुबाट आफुहरुले नमुना धान खेती गर्ने उनले बताए । सोही कार्यक्रम अन्तर्गत अर्को लटमा पम्पसेट सेक्सन पाईप लगायतका सामाग्री समेत आउने उनले बताए ।

प्रकाशित : १४ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६