अर्थ-वाणिज्य

मुख्यमन्त्री कार्यक्रमवाट २५० छात्रालाई साइकल




कपिलवस्तु १४ जेठ।अध्ययनमा प्रोत्साहनकालागि कपिलवस्तुको मायादेबी गाउपालिकाको सरकारी बिद्यालदलय कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल उपलबध गराइएको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत उनीहरुलाई गाउपालिकाले साईकल उपलब्ध गराएको हो । मायादेबी गाउपालिकाको सरकारी बिदालयमा अध्ययरत ढाई सय छात्राहरुलाई साईकल बाडने लक्ष्य रहेको गाउपालिका अध्यक्ष बलीउद्दीन मुसलमानले बताए ।
सोही कार्यक्रम अन्र्गत कक्षा ८ मा अध्ययनतर वडा नम्बर ३ फुलिका स्थित मुनेश्वर माबिमा अध्ययनरत २९ छात्राहरुलाई गाउपालिका अध्यक्ष वलीउद्दीन मुसलमान, उपाध्यष सरस्तवती यादव, वडाध्यक्ष र वडाध्यक्ष शैलेन्द्र यादवले साईकल हस्तान्तरण गरेका थिए । यस्तै गाउपालिकाको वडा नम्बर २ भैसकुन्डा स्थित नेरा माबिका १८ छात्रा र सोही वडाको जनता आधारभुत बिद्यालयमा अध्ययनरत ५ जनालाई साईकल बाडिएको हो । यस अघि निवर्तमान गाउपालिका अध्यक्ष बजरंगी चौधरीले सोही कार्यक्रम अन्तर्गत गाउपालिकामा ५० छात्राहरुलाई साईलक बाडेका थिए ।
गाउपालिका शिक्षा शाखाका प्रमुख अमिन चौधरीले गाउपालिका भित्र कक्षा ८ मा अध्ययनरत ढाई सय छात्रा मध्ये सय बढीले साईकल पाई सकेको बताए ।बाकी ढेड सय साईलक समते क्रमस बितरण गरिने उनले बताए । मायादेवीमा छात्राहरुलाई अध्ययनमा सहजताका लागि साइकल वितरण गरिएको अध्यक्ष मुसलमानले बताए । साइकल वितरण गर्दै पालिका अध्यक्ष वालिउद्धिनले यस कार्यक्रमले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई अध्ययनमा धेरै सहज हुने र गुणस्तर सुधारमा मद्दत पुग्ने बताए ।
उपाध्यक्ष सरस्वती यादवले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत आरक्षणको व्यवस्थामा जोड दिइन । यादवले छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्म रक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ आफूहरु अघि बढ्ने बताइन । छोरीलाई शिक्षित र सबल बनाउनकै लागि साइकल बितरण गरिएको उनले बताईन ।

प्रकाशित : १४ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६