प्रदेश

देशका धेरै ठाउँमा वर्षा, मनसुनी गतिविधि सुरु




१५ जेष्ठ प्रेसपार्टी
काठमाण्डौ ।
मनसुन नजिकिएसँगै दिनहुँजसो पानी पर्न थालेको छ । यसपालि समयमानै मनसुन भित्रने अनुमान गरिएको छ । तर मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । जुन १३ तारिखमा नेपालमा मनसुन भित्रने र अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यो समय तलमाथि हुन सक्छ । जुन महिना सुरु हुन तीन दिन मात्र बाँकी छ । जुन महिना नजिकिएसँगै मनसुनी गतिविधि पनि सक्रिय हुन थालेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् प्रतिभा मानन्धरकाअनुसार प्रि मनसुन अन्त्यतिर पुगेको छ । यसपालि प्रि(मनसुनमा धेरै पानी परेको छ । मार्च, अप्रिल र मे तीन महिनालाई प्रि मनसुन मानिन्छ । मे र अप्रिल महिनामा खासै पानी नपरे पनि मे लाग्ने बित्तिकै पानी पर्ने क्रम बढेको थियो ।
मे १ तारिख अर्थात वैशाख १८ गतेदेखि लगातारजसो पानी परिरहेको छ । प्रि(मनसुनमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षेत्रगत रुपमा पानी पर्ने हुन्छ भने मनसुन मेघगर्जन केही कम हुन्छ। तर, क्षेत्रगत रुपमा भन्दा पनि धेरै ठाउँमा लगातारजसो झरी पर्छ ।
मनसुनी गतिविधि सुरु हुँदै गरेकाले केही दिनयता बर्खा लागेजस्तो भएको छ । लगातारजसो पानी परिरहेको छ । अहिले पनि काठमाण्डौसहित वाग्मती, गण्डकी, सुदूरपश्चिम प्रदेश र प्रदेश(१ का केही पहाडी क्षेत्रमा पानी परिरहेको छ । दिउँसो पनि यी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६